कपिलवस्तु १५ बैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना भईरसका कारण रोकिएको बालबालीकालाई लगाईने खोप जेठ महिनाबाट नियमित सुरु हुने भएको छ । कोरोना भाईरस नियन्त्रणको लागि भन्दै नेपाल सरकारले लक डाउन गरेपछि बालबालीकाहरुलाई लगाउदै आएको बिभिन्न प्रकारको खोप लगाउन स्थगित भएको थियो । बालबालीकाहरुलाई नियमित रुपमा लगानु पर्ने खोप नलगाउदा पछि झनै अर्को समस्या आउन सक्ने भन्दै सोमबार बसेको नगरकार्यपालिकाको बैठकले आगामी जेठ महिनाबाट खोप लगाउन सुरु गर्ने निर्णय गरेकोे हो । खोप सेवा बन्द हुदा हजारौं बालबालिकाका अभिभावकले चिन्ता ब्यक्त गरेका थिए ।
बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिडोजलाई खोप भनिन्छ । एन्टिडोजहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । यी खोपहरु जन्मदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । यस्तै बैठकले अहिलेसम्म लकडाउनलाई प्रभाबकारी बनाउने संगै कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका प्रयास सफल भएको निष्कर्ष पनि निकालेको छ । नगरमा कतैबाट गूनासो खासै नआएको र अहिलेसम्मका कामहरुबाट सकरात्मक प्रभाब पर्दै गईरहेको नगरले दाबी गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा वैठक सम्पन्न भएको थियो ।
प्रतिक्रिया