स्वास्थ्य

विरामीको संंख्या ९० प्रतिशतले घटयो ,रोग लाग्नै छाड्यो की चेकजाँचमा विरामी आउन छाडे ? चिकित्सक भन्छन् संक्रमणदर घटयो यस्ता छन् कारण



कपिलवस्तु १७  वैशाख कपिलवस्तु जिल्लाका स्वास्थ्य संस्थामाकोभिड १९ को संक्रमण पछि उपचार गराउनजानेको संख्यामा९० प्रतिशतले कमीआएको छ । सरकारी, नीजि र सामुदायिक अस्पतालमा विरामीको संख्यामा कमिआएको हो । वाणगंगा नगरको पिपरा अस्पतालमा पहिलाको तुलनामा उपचारकालागि विरामी कम आएको तथ्याँकले देखाएको छ । दैनिक २ सय ५० देखि ३ सय विरामी उपचारको लागिआउने गरेको अस्पतालमा अहिले मुस्किीलले २५ देखि ३०जनामात्र जाने गरेका छन् । 

            प्रतिशतमा हेर्दा यो संख्या विगतको तुलनामा १० प्रतिशत मात्रहो । यसवाट सहजै भन्न सकिन्छ ९० प्रतिशत विरामी उपचारकालागि अस्पत्ताल आउन छाडेका छन् ।  पिपरा अस्पतालकी मेडिकल अधिकृत रंजिताकुमारी गुप्ताले कोभिड १९ काकारण सरकारले लकडाउन गरेका अवस्थामा  विरामीको संख्यामा कमिआएको बताउनु भयो । कोरोनाको असर र स्वास्यकर्मि पनि कोरोना रोकथामकालागि केन्द्रितभएको हुदा विरामी सख्यामा उल्लेख्य कमि भएको अस्पतालले जनाएको छ । 

        सरकारी अस्पताल मात्र हैन समुदायले संचालन गरेको कपिलवस्तु सामुदायिक अस्पतालमा पनि उपचारकालागि आउने विरामीको संख्याह्वात्तै घटेको छ । अस्पतालमा कोभिड संक्रमणको शुरुवात भन्दाअघि दैनिक सरदर १ सय वढि विरामी स्वास्थ्योपचारकालागि आउने गरेकोमाअहिले ३० देखि ६० जनामात्रआउने गरेका छन् । बिपत्तिका बेला ओपीडि र  ईमरजेन्सी सेवादिइ रहेको  अस्पतालले भाईरसकै कारण कमीआएको जनाएको छ । यो समयमा भाईरल ज्वरो, रुघाखोकी जस्ता लक्षणका विरामी पहिलावर्षमा धेरै आउने गरेको भएपनि अहिले नआएको अस्पतालका डाक्टर दिपेन्द्र चन्दको भनाई छ । 

        यता लकडाउन भन्दा पहिला दिनमा ३०/३५ जनाआउने गरेको सि एण्ड सि अस्पत्तालमा   हाल २०/२२  जना विरामीआउने गरेको  जन सम्पर्क अधिकृत कृष्ण प्रसाद पोख्रेलले बताउनु भयो । अस्पतालमा आउने विरामीलाई  भिडियो एक्सरे ल्यावपरिक्षण सहितनियमित सेवा सुविधादिएको  सि एण्ड सि अस्पतनलका डाक्टर संघर्ष थापाको भनाई छ । नीजि अस्पतालमा पहिलाचापहुने गरेकोमाअहिले घटेको संचालकको भनाई छ ।यस्तै युनाइटेट नेशनल अस्पतालजीतपुर ४ नम्वरमाविरामीउपचारकालागिआउने क्रमकरिव ५० प्रतिशतले घटेको डाक्टर विदुर लुईटेलले वताउनु भयो ।  

        स्थानीय सरकारले दिर्घरोगीकालागि घरमै गएर सेवादिने ब्यवस्था मिलाउनु , सेसिसले घरघरमा डाक्टर अभियानचलाएर घरदैलो गर्नु र विरामी भएपनिउपचार गर्न जान डराएर घरभित्रै समित हुनुले उपचार गराउन आउनेको संख्या घटेको हो । तर चिकित्कहरु भन्छन् मानिस घरवाहिर नजाने ,स्वस्थ्यकर खानाखाने ,घरमै आरामगर्ने ,विभिन्न संचार माध्यमवाट फिलिम हेर्ने , भिडियो हेर्ने र परिवारीक मनोरञ्जनमा रहेकाले विरामी हुने दर नै घटेको हो । सावुन पानीले पटकपटक हातधुने , दैनिक सरसफाई गर्ने , सेनेटाइजर प्रयोग गर्ने गर्दा धेरैजसो संक्रमण हुने रोगहरुमा कमीआएको हुन सक्ने डा.दिपेन्द्र चन्दको भनाइछ ।

 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६