ब्रेकिंग न्युज

आँखाले देख्ने दुरीमा प्रहरी, भित्रि सडक देखि सिमा सम्म सुरक्षाको जालो यस्तोछ



कपिलवस्तु १७ वैशाख । कोरोना भाइरसं (कोभिड (१९) का कारण गत चैत्र ११ गते देखि मुलुक लकडाउनमा छ । जनताको सुरक्षाको लागि लकडाउनलाई पुर्ण पालना गराउन  कपिलवस्तु प्रहरी प्रशासन लागि परेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी  दिर्घनारायण  पौडेलले लकडाउनका बेला जिल्लामा शान्ति , स्वास्थ्य र सुरक्षा बलियो बनाउन प्रशासन लागि परेको बताउनु भयो । उहाँले प्रेसपाटीसँगको कुराकानीमा प्रहरी प्रशासनले गरेको कामलाई नागरिकले सहयोग र हौसला प्रदान गर्नु पर्ने बताउनु भयो ।  लकडाउनको बेला घरमै सुरक्षित बसेर आफु पनि सुरक्षित हुदै अरुलाई सुरक्षित पार्नु पर्ने औल्याउनु भयो । सरकारले गरेको लकडाउन हाम्रो सुरक्षाका लागि हो भन्ने कुरा आम नागरिकले  बुझ्नु पर्ने उहाँको कथन थियो ।  

        कहि कतै कमजोरी भईहालेमा तुरुन्त प्रशासनलाई खबर गर्न पनि उहाँले आग्रह गर्नु भयो । लकडाउनलाई प्रभावकारी बनाउन  भित्रि सडक देखि सिमा सम्म सुरक्षाको जालो रहेको प्रजिअ पौडेलले जनाउनु  भयो ।  जिल्लामा हालसम्म २२ हजार ८ सय २६ विपन्न परिवारका लागि राहत वितरण गरिएको छ । उनीहरुलाई चामल, दाल, नुन, तेल, साबुन र चिनी चिउरा लगायतका राहत सामग्री १० स्थानीय तहले उपलब्ध गराइएको  छ । आपुर्ति व्यवस्थालाई  निरन्तरता दिदै   बोडरमा सुरक्षा कडा पारिएको  प्रजिअ पौडेलले बताउनु भयो । 

            मुस्लिम मौलानालाई नवाज पढ्न ४ , ५ जना भन्दा बढि बस्न नपाउने  गरि मस्जित अनुगमन गरिएको बताउनु भयो ।  लकडाउनलाई खुकुलो नगरि  मर्म अनुसार साना तिना विकास निमार्णका कामलाई सुचारु गरिने छ  । प्रजिअ पौडेलले अगाडि भन्नु भयो , “कोरोना भाइरसलाई जित्न र आम नागरिकको सुरक्षालाई मजवुद पार्न  ६५ अस्थाई पोष्ट  खडा गरि  एउटा सुरक्षा कर्मीले अर्को सुरक्षा कर्मीलाई आँखाले देख्ने गरि सुरक्षाकर्मीलाई परिचालित गरिएको छ । ” 

            जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक  दिपशमशेर जवराले लकडाउनका समयमा सुरक्षा चुनौती रहे पनि प्रहरीले व्यवस्थापन गरेको जनाउनु भयो  ।  प्रहरीमा जनशक्ति कमी  यद्यपी हामी आम नागरिकको सुरक्षामा लागि परेका छौ , उहाँले भन्नु भयो ।  सुरक्षामा ध्यान पुर्याउन अझै पनि हम्मे हम्मे परेको छ , त्यसैले आम नागरिकलाई सहयोग पुर्याउन आग्रह गर्दछु ,  उपरिक्षक जवराले वुद्धदर्पणलाई जनाउनु भयो ।  गाउँठाउंमा हुने घट्नालाई प्रहरीलाई जानकारी गराउने , आफु पनि सुरक्षित भई अरुलाई पनि सुरक्षित गर्ने लकडाउनलाई पालना गर्नु पर्ने धारणा राख्नु भयो ।  प्रहरीले आफ्नो ज्यानको जोखिम मोलेर काम गरिरहेका छन , ति प्रहरीलाई हौसला बढाउने काम गर्न उपरिक्षक जवराले सबै नागरिकमा अनुरोध गर्नु भएको छ । 

                बोर्डरलाई व्यवस्थित गर्न र सुरक्षाका लागि  ६५ वढि स्थानमा अस्थाई चेक पोष्ट निमार्ण गरि सुरक्षा दिइएको शशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताउनु  भयो । अबैधरुपमा सिमानामा आवतजावत बन्द भएको  र २४ सै घण्टा सुरक्षा दिइएको उहाँको भनाई छ  । मालवाहक गाडि बाहेक अन्य कुनै पनि सवारी आवतजावतमा पुर्ण कढाई गरिएको छ । 

प्रकाशित : १७ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६