कपिलवस्तु १७ वैशाख । कोरोना भाइरसं (कोभिड (१९) का कारण गत चैत्र ११ गते देखि मुलुक लकडाउनमा छ । जनताको सुरक्षाको लागि लकडाउनलाई पुर्ण पालना गराउन कपिलवस्तु प्रहरी प्रशासन लागि परेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले लकडाउनका बेला जिल्लामा शान्ति , स्वास्थ्य र सुरक्षा बलियो बनाउन प्रशासन लागि परेको बताउनु भयो । उहाँले प्रेसपाटीसँगको कुराकानीमा प्रहरी प्रशासनले गरेको कामलाई नागरिकले सहयोग र हौसला प्रदान गर्नु पर्ने बताउनु भयो । लकडाउनको बेला घरमै सुरक्षित बसेर आफु पनि सुरक्षित हुदै अरुलाई सुरक्षित पार्नु पर्ने औल्याउनु भयो । सरकारले गरेको लकडाउन हाम्रो सुरक्षाका लागि हो भन्ने कुरा आम नागरिकले बुझ्नु पर्ने उहाँको कथन थियो ।
कहि कतै कमजोरी भईहालेमा तुरुन्त प्रशासनलाई खबर गर्न पनि उहाँले आग्रह गर्नु भयो । लकडाउनलाई प्रभावकारी बनाउन भित्रि सडक देखि सिमा सम्म सुरक्षाको जालो रहेको प्रजिअ पौडेलले जनाउनु भयो । जिल्लामा हालसम्म २२ हजार ८ सय २६ विपन्न परिवारका लागि राहत वितरण गरिएको छ । उनीहरुलाई चामल, दाल, नुन, तेल, साबुन र चिनी चिउरा लगायतका राहत सामग्री १० स्थानीय तहले उपलब्ध गराइएको छ । आपुर्ति व्यवस्थालाई निरन्तरता दिदै बोडरमा सुरक्षा कडा पारिएको प्रजिअ पौडेलले बताउनु भयो ।
मुस्लिम मौलानालाई नवाज पढ्न ४ , ५ जना भन्दा बढि बस्न नपाउने गरि मस्जित अनुगमन गरिएको बताउनु भयो । लकडाउनलाई खुकुलो नगरि मर्म अनुसार साना तिना विकास निमार्णका कामलाई सुचारु गरिने छ । प्रजिअ पौडेलले अगाडि भन्नु भयो , “कोरोना भाइरसलाई जित्न र आम नागरिकको सुरक्षालाई मजवुद पार्न ६५ अस्थाई पोष्ट खडा गरि एउटा सुरक्षा कर्मीले अर्को सुरक्षा कर्मीलाई आँखाले देख्ने गरि सुरक्षाकर्मीलाई परिचालित गरिएको छ । ”
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशमशेर जवराले लकडाउनका समयमा सुरक्षा चुनौती रहे पनि प्रहरीले व्यवस्थापन गरेको जनाउनु भयो । प्रहरीमा जनशक्ति कमी यद्यपी हामी आम नागरिकको सुरक्षामा लागि परेका छौ , उहाँले भन्नु भयो । सुरक्षामा ध्यान पुर्याउन अझै पनि हम्मे हम्मे परेको छ , त्यसैले आम नागरिकलाई सहयोग पुर्याउन आग्रह गर्दछु , उपरिक्षक जवराले वुद्धदर्पणलाई जनाउनु भयो । गाउँठाउंमा हुने घट्नालाई प्रहरीलाई जानकारी गराउने , आफु पनि सुरक्षित भई अरुलाई पनि सुरक्षित गर्ने लकडाउनलाई पालना गर्नु पर्ने धारणा राख्नु भयो । प्रहरीले आफ्नो ज्यानको जोखिम मोलेर काम गरिरहेका छन , ति प्रहरीलाई हौसला बढाउने काम गर्न उपरिक्षक जवराले सबै नागरिकमा अनुरोध गर्नु भएको छ ।
बोर्डरलाई व्यवस्थित गर्न र सुरक्षाका लागि ६५ वढि स्थानमा अस्थाई चेक पोष्ट निमार्ण गरि सुरक्षा दिइएको शशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताउनु भयो । अबैधरुपमा सिमानामा आवतजावत बन्द भएको र २४ सै घण्टा सुरक्षा दिइएको उहाँको भनाई छ । मालवाहक गाडि बाहेक अन्य कुनै पनि सवारी आवतजावतमा पुर्ण कढाई गरिएको छ ।
प्रतिक्रिया