अर्घाखाँची १८ बैशाख । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका अधिकांस आधारभुत बिद्यालयको नतिजा प्रकाशन भएको छ । सितगंगामा विद्यार्थी विहिन नतिजा प्रकाशन भएको हो भने सबै विद्यार्थीको स्वतः भर्ना हुने वताइएको छ । सबै शिक्षण सामाग्री निशुल्क दिने समेत विद्यालयहरुको घोषणा सार्वजनिक हुने क्रम वढेकोछ । कोराना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको नतिजा प्रकासन कोरोना संक्रमणको ख्याल गर्दै भेला नगरी बिद्यालयले नतिजा प्रकाशन गरेका हुन ।
बिद्यालयहरुले बिद्याथी भेला तथा अभिभावक भेला नगरि नतिजा प्रकासन गरेका छन बिद्यालयमा अब बिद्यार्थी भर्ना कार्यक्रम समेत सुचारु हुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै हितगंगा नगरपालिका ६ मा रहेको शिद्धार्थ आधारभुत बिद्यालयले नतिजा प्रकासन सँगै भर्ना अभियान सञ्चालन गरेको छ । लकडाउनलाइ मध्यनजर गर्दै भिड नहुने गरि भर्ना सञ्चालन गर्ने तथा एकल एकल रुपमा बिद्यार्थीको घरमा पुगि भर्ना अभियान सञ्चालन गर्ने प्रध्यानध्यापक जिवन शर्माले जानकारी दिनु भयो । यस्तै भर्ना हुने बिद्यार्थीहरुका लागि किताब तथा कपी कलमको समेत ब्यवस्था गर्ने प्रअ शर्माले जानकारी लिनु भयो ।
शितगंगा नगरपालिकाका सम्पुर्ण बिद्यालयले भर्ना अभियान यो बर्ष परक रुपमा गर्ने ज्योती माबिका प्रध्यानध्यापक शंकर अर्यालले जानकारी दिनु भयो । गत बर्षहरुमा अबिभावक तथा बिद्यार्थी उपस्थित हुनु पर्ने भए पनि यो बर्ष कोरोना भाएरस संक्रमणको डरले लकडाउन रहेकोले अन्य बिद्यालयबाट आउने बाहेक सबै बिद्यार्थीको स्वत भर्ना गरिने छ ।
प्रतिक्रिया