रोल्पा १८ बैशाख ।शशस्त्र द्वन्दको पीडा अझ सम्म मुखारित हुन रोकिएको छैन । घटना अनुसार बाख्रा चराउन गएको बेला बेवारिसे बम हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको छ ।विस्फोटमा परेर ज्यान गुमाउनेमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपाली रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष् शान्तकुमार ओलीले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष सावित्रा बुढा मगरका अनुसार एउटा बम अझै बाँकी रहेको र त्यसलाई डिस्पोज गर्ने तयारी भैरहेको छ ।
विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।घटनाका बारेमा बुझ्न प्रहरी चौकी नुवागाउँको टोली त्यहाँ पुगेको छ भने जिल्लाप्रहरी कार्यालयबाट पनि प्रहरी प्रमुख सहितको टोली गइरहेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया