कपिलवस्तु १९ बैशाख । आज मे १ तारिक विशेष गरी मजदुरहरुको दिन तर श्रमिक दिवस नारामा सिमित तर व्यवहारमा कर्मकाण्डी हुँदा मजदुर आजको दिन पनि खानका लागि मजबुर बनेका छन् । बुद्धभूमि नगरपालिका २ वडहराका कृष्णवती कोरिलाई न लकडाउनले नै छोयो न त मजदुर दिवसले नै । ५ जनाको परिवार भएको कृष्णवती कोरिका घरमा यतिबेला विहान साझ हातमुख जोर्न समेत धौ धौ हुन थालेको छ । लकडाउनका कारण काम ठप्प भएपछि ,गरिव बिपन्न मज्दुरलाई सरकारले राहत दिने घोषणा गर्यो ।
देशभर स्थानिय तहको सक्रियतामा राहत वितरण पनी भयो । तर वडहराका कोरीको परिवार भने गरिव,विपन्नमा गनिएन । प्रेसपाटी सँग कुराकानी गर्दै उहाँले भन्नुभयो , टिनको छानो भएका कारण राहत दिन नमिल्ने भनेपछि के गर्नु < घरमा अन्न नभएको कस्ले देख्छ < अहिलेसम्म त उधारो पाईएको छ । तिर्न सक्दैन भनेर धेरै उधारो पनी दिदैन्न् । कोरीका श्रीमान शिवनाथले रिक्सा चलाएर परिवारको पालनपोषण गर्नुभएको थियो । केहि महिनायता स्वास्थ्य समस्याका कारण रिक्सा चलाउन छोडेर मिस्त्रीको काम गर्दै आउनुभएको थियो । रिक्सा चलाउदाँ ढाड दुख्ने समस्या भयो , काम नगरी घरपरिवार कसरी चलाउने < छोराछोरी पनी ससाना छन् ।
त्यसैले घर बनाउने मिस्त्रिको काम सुरु गर्नुभयो । कुराकानी कै क्रममा कोरीले भन्नुभयो । तर लकडाउनले त्यहिँ काम पनी बन्द भएपछि उहाँलाई विहान साझ छाक टार्न धौ धौ हुनथालेको हो । कोरी भन्नुहुन्छ एकपटक विधालयमा मजदुर दिवसबारे कुराकानी सुने पनी कहिले हो , कसरी मनाईन्छ भन्ने थाहाँ छैन् । जे जे दिवस आएपनी हामीलाई काम नगरी खानु छैन् ।
यता लेवरको काम गरेर जिविकोपार्जन गर्नुभएकी ३५ बर्षिया कमला सुनारको ४ जनाको परिवार छ । खेतीपाती गर्न आफनो जग्गन नभएपनी अर्काको खेत अधिया गरेर ५ , ६ महिनालाई पुग्ने धान उव्जाउनु हुन्छ । अधिया गरेको खेतको धान साहुलाई पनी बुझाउनु पर्यो । आफनो भागमा परेको अन्न छ महिना भन्दा पुग्दैन ।लेवरको कमाईबाट छोराछोरीको पढाई खर्च ,बिहान साझ दाल,तरकारी ,नुन तेल मै ठिक्क हुन्थ्यो ।
दिनभरि काम गरेर विहान साझ खानेलाई लकडाउनले भोकभोकै पार्ने भयो । चामल त बरु औचोपौचो चलाउला तर दाल तरकारी नुन, तेल किन्न गाह्रो परेको छ । बरु लकडाउन खुले त काम गरेर ज्यान पालीन्थ्यो , अझै बन्द भए कसरी चल्ने हो खै रु आम्दानीको भरपर्दो स्रोत नभएपछि साहुले उधारो पनी पत्याउदैन्न उहाँले भन्नुभयो ।
हरेक बर्ष मे १ मजदुर दिवसको अवसरमा विभिन्न सघं सस्था ,स्थानिय ,प्रदेश र सघिंय सरकारले विभिन्न कार्यक्रम,यालीको आयोजना गर्दै आएपनी यस बर्ष विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोविड १९ रोकथाम र नियन्त्रणका लागी जारी गरिएको लकडाउनका कारण सबैखालका कार्यक्रमहरु स्थगित भएका छन् । उसो त बर्षेनी कार्यक्रमको आयोजना हुदाँ समेत असली मजदुर भने बेखवर हुनेगरेको धेरै उदाहरण छन् ।
कतिपय मज्दुरलाई त मज्दुर दिवसको बारे नै थाहा नभएको बताएका छन् । हरेक बर्षको मजदुर दिवसमा समेत बिदा नपाउने मजदुरले यस बर्ष भने विदा पाएका छन् । तर उनीहरुको मुहारमा विदा पाउँनु खुसी भने देखिदैन । आखिर होस पनी कसरी रु एक दिन विदा पाएको भए त्यो खुसि देखिन्थ्यो होला कि रु महिना दिनसम्म बेकामे बस्दा असली मजुदुरको घरको चुलोमा आगो बल्न समेत धौ धौ पर्छ । मेहनत गर्ने हातले काम नपाए पनी पापी पेटले माम भने खोज्दो रैछ ,त्यहि मामको अभावमा यतिबेलामजदुर भोकभरीको चपेटामा पर्ने सम्भावना भने भरपुर छ ।
यता खोलामा ढुगां गिट्टि बोकेर जिबोकोपार्जन गर्नुभएकी लक्ष्मी सुनारलाई मजदुर दिवस मनाईन्छ भन्ने समेत थाहा नभएको बताउनुहुन्छ । मजदुर गरेर सन्तानको पालन पोषण र शिक्षा दिईरहेका सुनारको परिवारलाई खोला बन्द भएपछी जिबिकोपार्जन गर्न गारो भएको छ । स्थानिय सरकारले दिएको राहतले केहि दिनका लागी राहात पुर्याए पनी कति दिन सरकारको मुख ताक्ने,बरु काम गर्न पाए सहज हुने सुनारको भनाई छ ।
दुख परेका बेला सरकारले उपलव्ध गराएको राहत दुखेको घाउमा मलमको काम गर्यो । सरकारलाई धन्यवाद छ सुनारले भन्नुभयो । यता २ बर्ष अघिबाट रिक्सा चलाउन थाल्नुभएका दन बहादुर रायमाझीको रिक्सा भैसिको गोठमा थन्किएको छ । लकडाउनका कारण मानिसको हिड्डुल ठप्प भएपछि रायमाझिले रिक्सा थन्काउन बाध्य हुनुभयो । रिक्सा चलाएर दैनिक ५ देखि ७ सय रुपैया आम्दानी गर्ने रायमाझिलाई पनी सरकारको राहतले छाक टार्न सहज भएको छ ।
बुद्धभुमि नगरपालीका १ पथ्थरकोटका दन बहादुर रायमाझि लकडाउनको समयमा पनी अटो रिक्सा लिएर गोरुसिगेंसम्म आउनुभएको छ । आम्दानीको मुख्य स्रोत नै रिक्सा भएपछि कोरोनाबाट भन्दा पेटसगं डराउनु पर्ने उहाँको भनाई छ । मज्दुर दिवसको बारे थाहा भएपनी मजदुरले पाउँनु पर्ने सेवा सुविधा भने पाउन नसकेको रायमाझिको गुनासो छ ।
प्रतिक्रिया