जीवनशैली

टाँकुको खोचमा प्रधानमन्त्री ओलीको दृष्टि, मुमारामलाई पुनरजीवन पाएको अनुभूति



कपिलवस्तु १९ बैशाख कपिलवस्तुको अर्घाखाची सिमा नजिकको दुविया स्थि टाँकुको खोचमा २ वर्षदेखि मुढो पल्टे जस्तै पल्टेर कहाली लाग्दो पीडामा तडपीएका  हाल ३२ बर्षिय मुमाराम आचार्यले पुनरजीवन पाएको अनूभूत गर्न थाल्नु भएको छ । उहाको यतिबेलाको  दैनिकी र जीवन शैली फेरिएको छ । प्राय पहुच हुने ठूलावडाले राज्यको धुकुटीवाट उपचार खर्च पाउने गरेको नेपालमा यस्तो विकट बस्तीका एक विपन्न यूवाले पहुँच पाउने कुरा आफैमा कल्पना वाहिरकै विषय थियो । तर त्यहि राज्यको धुकुटीवाट विपन्न र अशक्त युवाको उपचारमा  १० लाख उपलब्ध भएपछि उहाको पीडादायि जीवनमा केहि राहत थपिएको हो ।


        पीडितको अवस्थावारे खिचिएको एक भिडियो हेरेपछि भावुक वनेका प्रधानमन्त्री केपि ओलीले तत्काल उपचार खर्च उपलब्ध गराउने आश्वासन दिनु भएको थियो । पीडितको बस्तुस्थिती दर्शाउन नेकपाका अन्य नेताहरु सहित  पुग्नु भएकी नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले प्रधानमन्त्रीले दिएको आश्वासन अनुसार रकम आएर पीडित परिवारले उपचार लगायतका काममा खर्च गरेको प्रष्टाउनु भयो ।प्रेसपाटीलाई प्राप्त विवरण अनुसार  कपिलवस्तुको बुद्धभूमी नगरपालीका वडा नं ३ दुवियाका  मुमाराम आचार्यले आफ्नो जीवनमा घटेको कहाली लाग्दो दुर्घटना पछिको पूर्ण अशक्त अवस्थामा सरकारले दिएको साथले आफूलाई वाच्ने आश र केहि गर्ने जाटाँगर फर्काएको वताउनु  हुन्छ । 


    २०७४ सालको निर्वाचनको समयमा दुर्घटनामा परेर गंभिर घाइते हुनु भएका आचार्यको उपचारका क्रममा ८/१० लाख रकम खर्च भयो तरपनि उहाँको कम्मर भन्दा तलको शरिर चल्दैन । पोखरा स्थित अपाङगताको विशेष उपचार हुने हरियोखर्क अस्पतालमा ४ महिना उपचार गराएर पछि उहा केहिदिन अघि मात्र दुविया फर्कनु भएको हो  ।उहाको उपचारमा राष्ट्रिय अपाङ महासंघका पूर्व वरिष्ट उपाध्यक्ष देवि वहादुर पोख्रेलले हरियो खर्क अस्पत्ताल सम्म पुग्ने अवसर  जुराउनु भएको हो । उपचार पछि  ह्वील चेयरको भरमा बरपर हिडडुल गर्ने उहालाई प्रधानमन्त्री राहत कोषवाट १० लाख रकम पाएपछि एक प्रकारले पुनरजीवन  मिलेको  हो । 

        उपचार पछि हाल घरमै रहनुभएका आचार्यलाई भेट्न नेकपाका केन्द्रिय सदस्य विमला घिमिरे, प्रदेश कार्यलय सचिव बलराम अधिकारी, जिल्ला अध्यक्ष झविलाल पोख्रेल र प्रदेश सदस्य कृष्ण पौडेल सहितका नेता केहिदिन अघि घरमा पुगेर सन्त्वना दिनु भएको छ । सो अवसरमा नेकपाका जिल्ला अध्यक्ष पोख्रेलले उपचार राहत र पुर्नस्थापनाका लागि प्रधानमन्त्री राहत कोषवाट १० लाख दिलाएको वताउनु भयो । उहाले  नेकपा निरन्तर साथमा रहेको भन्दै अव सक्दो काम गर्नेगरी अपाङ्ग मैत्री रोजगारीको प्रबन्ध मिलाउन कोशिस गर्ने वताउनु भएको थियो ।   

        सो अवसरमा नेकपाका केन्द्रिय सदस्य विमला घिमिरेले अशक्त अपाङ वनेका आचार्यको श्रीमतिलाई सक्दो रोजगारीमा लगाउन पहल गर्ने जानकारी दिनु भएको थियो । २ सन्तान श्रीमति र आमा सहितको परिवारमा दुर्घटनामा पर्नु पूर्व घरमा आम्दानी गर्ने उहाँ मात्रै रहनु भएको थियो । उहा दुर्घटनाम परेर पूर्ण अशक्त बनेपछि परिवारमा आर्थिक समस्या आएको छ । उहाको प्रारम्भीक उपचारमा समेत नेकपाका स्थानीय नेताहरुले चन्दा संकलन गरेर ३ लाख वढी रकम उठाएको स्थानीय नेता पिताम्वर खनालले जानकारी दिनु भयो । प्रदेश ५ का सांसद विष्णु पन्थीले समेत उहाको उपचारका सन्दर्भम आवश्यक समन्वय गरेको दावि गर्नु भएकोछ । 

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६