कपिलवस्तु १९ बैशाख ।नेपाल औषधी ब्यवसायी संघ कपिलवस्तु र जेसीसले एकैदिन कपिलवस्तुका संचारकर्मीलाई मास्क, सेनिटाईजर र पंजा प्रदान गरेका छन् । शुक्रवार छुटटा छुटटै स्थान र समयमा ती दुबै सस्थाले उस्तै काम मार्फत पत्रकार र पत्रकार महासंघप्रति समान ध्यान दिएका हुन । औषधी ब्यावसायी संघले तौलिहवामा पत्रकार महासंघ मार्फत उक्त सामान हस्तान्तरण गरेको हो ।
संघका जिल्ला अध्यक्ष डा धर्मराज भट्टराईले ६० थान मास्क, ५० थान सेनिटाईजर र ३ सय पंजा पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाललाई हस्तान्तरण गर्नु भएको थियो । संघका अध्यक्ष भट्टराईले कोरोना भाईरसको जोखिमका बावजुत स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचारकर्मीले अहोरात्र खटेर काम गरिहेको भन्दै सुरक्षित तरिकाले कार्यस्थलमा काम गर्न सहजताकालागि संचारकर्मीलाई सो सामाग्री प्रदान गरिएको बताउनु भयो । साथै संघले जिल्लाका स्वास्थ्य कर्मीलाई ४० थान पिपिई बितरण गरेको समेत बताउनु भयो ।
उहाँले यस्तो जोखिमका बेला यो सामाग्रीले संचारकर्मीलाई फिल्डका काम गर्न सजिलो हुने बिश्वास ब्यक्त गर्नु भयो । सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य एवं प्रदेश ५ का संयोजक बसन्त गिरीले कोरोनो संक्रमणका बेला जोखिम मोलेर जनतालाई सुसुचित गर्ने संचारकर्मीलाई दिईएको यो सुरक्षा सामाग्रीले केही भए पनि हौसला बढेको बताउनु भयो । यो जोखिमको बेला गरिएको सहयोग आफैमा एउटा राम्रो काम भएको उहाँले औल्याउनु भयो ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष भुसालले संचारकर्मीलाई दिईएको यस प्रकारको सुरक्षा सामग्रीले पत्रकारहरुलाई फिल्डमा खटेर काम गर्न सहज हुने बताउनु भयो । पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तवले लकडाउनका बेला मारमा परेका बेला संचारकर्मीले पाएको यो सानो सहयोगले केही भए पनि राहत मिलेको बता औल्याउनु भयो । कार्यक्रम संघका महासचिव मनिराम पाण्डेयको सञ्चालनमा भएको हो । यता कपिलवस्तु जेजिस , कपिलवस्तु वन पैदवार , हथौसा लिटिल स्टार बोर्डिङ स्कुलको पहलमा कपिलवस्तुका पत्रकारलाई शुक्रवार साझा हस्पिटल प्रालि वुटवलले सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेको रोहवरमा प्रालिका सञ्चालक एवं मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनालले जेसिस कपिलवस्तुका अध्यक्ष मनोज क्षेत्रीलाई २सय २५ थान समिरा माक्स , १५सय थान पञ्चा , १५ थान ५ सय मिलिलिटर सेनिटाइजर प्रदान गर्नु भएको हो । अहोरात्र सुरक्षाको जोखिम मोल्ने सञ्चारमाध्यमलाई थोरै भए पनि सहयोग मिलोस् भन्दै सुरक्षा सामाग्री बितरण गरिएको खनालले बताउनु भयो । जेसिसका अध्यक्ष क्षेत्रीले जिल्लाभरका मिडिया हाउसमा काम गर्ने पत्रकारलाई सुरक्षा सामग्री प्रदान गरिने बताउनु भयो ।
जेसिसका पुर्व अध्यक्ष गोपाल ज्ञवालीले सानो सहयोगले पत्रकारलाई केहि हौसला मिल्ने बताउनु भयो । संस्थाका महासचिव प्रबिन पौडेलले कोरोना भाइरस बिरुद्ध जेसिसले गाउँ गाउँमा डाक्टर अभियान सञ्चालन गरि करिब २ सय घरपरिवारमा स्वास्थ्य सेवा दिएको कार्यक्रममा बताउनु भएको थियो । कार्यक्रममा डाक्टर लक्ष्मण शर्मा , बिजय आचार्य लगायतको उपस्थिती रहेको जेसिसले जनाएको छ ।
प्रतिक्रिया