हरेक मानिसको सही पहिचान त्यतिबेला मात्र हुन्छ ,जतिबेला संकटको स्थिती आउछ । संकटको बेलामा धेरै मानिसहरु आ—अफ्नै स्वार्थमा तल्लीन हुन्छन् । उनीहरु दुनो जता सोझाउन सकिन्छ त्यतै लाग्छन् । यहि शैलीलाई भनिन्छ छेपारो प्रबृत्ति । जसले बेलाबेलामा समाउने चिज वदल्छ , रङफेर्छ र आफूलाई प्रतिकूलतमा पनि बचाउन कोशिस गर्छ । छेपारो रङ फेरेर वाच्छ उसलाई अरुको कुनै मतवल हुदैन । पछिल्ला दिनहरुमा नेकपा भित्रपनि यस्तै संकटको स्थिती आयो । प्रचण्ड बहुमत र झण्डै दुइतिहाईको सेरोफेरोमा जनमत रहको नेकपाको सरकार अस्थितरताको भूमरीमा फस्यो । यस्तो बेलामा राष्ट्रिय स्तरका केहि मिडियाले एकसुत्रिय मिसन बनाएर नेकपालाई सिद्धाउने काममा लागे । बलुवाटार भन्दा वालकोटमा भीड भनेर उनीहरुले ठूला शिर्षकमा समाचार लेखे । माधव नेपाल प्रधानमन्त्री बन्ने निश्चित भन्दै उनका मन्त्री मण्डलको सूची बन्यो भन्ने सम्मका समाचार बने ।
यस्तो जटिल स्थिती आयो नेकपाका तल्लोतह सम्मका नेता देखि कार्यकर्ताहरु सामजिक सञ्जाल र आमसंचार माध्यममा आफ्ना आक्रोस पोख्नमा विपक्षी भन्दै धेरै कदम माथि पुगे ।केपिओली , माधव नेपाल र प्रचण्डलाई सत्तोसराप गरेर आक्रोस पोखे । मानौ उनीहरु नेकपा नामको पार्टीका कर्यकर्ता नै होइनन् र भेली उनीहरु नेकपामा रहने छैनन जसरी । यस्तो बेलामा तल्लोतहमा कार्यकर्ताले के लेखे के भने कसो गरे ? यसको लेखाजोखा जरुरी छैन । तर खासगरी केन्द्रिय बृत्तमा रहेका २ प्रबृतिको बिशेष समिक्षा गर्नुपर्ने हुन्छ ।
पहिलो रघुजी पन्त प्रबृत्ति । उनले राष्ट्रिय स्तरका टेलिभिजनमा गएर अन्तर्वार्ता दिदै घोषणा गरे केपि ओलीले संबैधानिक परिषद सम्वन्धि नयाँ अध्यादेश ल्याएर अख्तियारमा आफ्ना निकटस्थ मनोनित गरि प्रचण्डलाई शिविरको घोटालामा ,माधव नेपाललाई ललिता निवास प्रकरणमा सिद्धाउन खोज्दैछन् ।उनले उठाएको यो प्रश्नको उत्तर उनको वाकी राजनैतिक जीवनमा हरेक कार्यकर्ताले खोज्नेछन् । सोध्नेछन् कमरेड तपाईले यस्ता तथ्य कुन प्रमाणका आधारमा पस्कनु भएको हो भनेर ? यो प्रबृत्ति सबैभन्दा खतरनाक प्रबृत्ति हो । जसले आक्रोसका बेला जस्तो बोल्दा पनि हेक्का राख्दैन । सुझबुझ सबै गुमाउछ । गुटका नाममा अन्धाधुन्दा अर्काेपक्षलाई अरोपित गर्छ । यस्तो प्रबृत्तिले संस्थालाई ठूलो धक्का दिन्छ । अन्तत्वोगोत्वा यस्तो प्रबृत्ति परास्त हुन्छ ।
अर्काे प्रबृत्तिहो संकटका वेला संकट मोचन गर्न आफ्नो पद प्रतिष्ठा सबै गुमाएर भएपनि सस्था बचाउन चाहान्छ । परस्पर विरोधमा उत्रिएकाहरु बीच मिलन विन्दुको खोजी गर्छ । अफू संयमित हुन्छ । सन्तुलित बन्छ । परस्पर विरोधमा उत्रिएकाहरु बीच संवादको ढोका खेल्न भरमग्दुर कोशिस गर्छ । सबै चीज गुमोस तर सस्था बचोस भन्ने मान्यता राख्छ । यस्तो बेलामा नेकपा भित्र धेरै उच्चतहका नेताले सकारात्मक भूमिका निभाए । तर यहा मुख्यगरी २ नेताको भूमिकालाई समिक्षा गर्न खोजिएको छ । नेकपाको चरमोत्कर्षमा विवाद पुगेका बेला प्रदेश ५का मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलले यस्तै कामको अगुवाई गरे । बुटवलवाट काठमाण्डौ पुगेर उनले कित्ताकट राजनीतिमा मिलनको सुत्र खोजी गर्ने काम गरे । उनले प्रचण्ड र माधव नेपालसंग प्रधानमन्त्री ओलीका विशेष पात्रको रुपमा सहमतिकलागि आफूले मुख्यन्त्री त्याग्न तयार रहेको सबैप्रदेशका सरकार र संघिय सरकार पुनरगठन गरेर भएपनि सहमति मै चल्न जरुरी रहेको सन्देश प्रवाह गरे । मिले जितिन्छ । झगडागरे मासिन्छ भन्ने सन्देश प्रवाह गरे । धेरै चरणमा नेताहरुसंग परामर्श गरे ।उनको अनवरत प्रयासको राष्ट्रभरका कार्यकर्ताले सह्रानाागरे । शिर्ष नेताले समेत भूमिकाको कदर गरे ।
यस्तै संकटका बेला नेकपाका महासचिव विष्णु पाौडेलको भूमिका पनि विशेष समन्वयात्मक र परस्परमा एकताको खोजी गर्ने परिबेशमा केन्द्रित रहयो । भैसेपाटी बैठकमा सहभागि भएर प्रधानमन्त्री ओेलीले अध्यक्ष र प्रधानमन्त्री दुबैवाट राजीनामा दिने निष्कर्ष निकलियो भनेर चर्चामा ल्याएको बैठकमा महासचिव पौडेलको भूमिका अहम रहेको पाइएकोछ । अहिले नै यस्तो निर्णय नगरौं । सहमति मै सबै चीज टुंगाऔं भनेर त्यस्तो निर्णय हुनवाट रोकेको कुरा स्वयम प्रचण्डले खुलाशा गरेका छन् । छलफल भएको तर भैसीपाटीमा सचिवालयका बहुसंख्यक नेताले निर्णय नगरेको भनेर प्रचण्डले प्रष्टयाएका छन् । त्यो निर्णय हुनवाट रोक्ने सेतुको भूमिका स्वयम नेकपाका महसचिव विष्णु पौडेलको हा भन्ने स्पष्ट भएकोछ । यसमा सहयोग नारायणकाजी श्रेष्ठले पुराएको छर्लङग भई सकेको छ । शनिवारको सचिवालय बैठक अघि वामदेवलाई केपिको नजिक ल्याउन र सहमतिमा पुराउन महासचिव विष्णु पौडेलले गरेको योगदान धेरै अविस्मरणीय हुन पुगेकोछ ।ओलीवाट टाढिदै गएका नेता वामदेवलाई फेरी फर्काएर ओलीकै पक्षमा खडा गर्ने महासचिव पौडेलले पहिला पनि झलनाथको साथवाट वामदेवलाई ओलीका पक्षमा ल्याएको भनिदै आएकोछ । वामदेवसंगको यस्तै घनिष्टताले फेरीपनि नेकपाभित्रको संकट ब्यवस्थापनमा सेतुको काम गरेको छ ।
प्रचण्ड र ओलीका बीच असल मध्यस्त सुत्र बनेर दुबैलाई एकआपसमा मिलाउने गरि महासचिवको कुटनैतिक क्षमता उच्च भएकाले नै नेकपाको चरमोत्कर्षमा पुगेको विवाद समाधान हुन पुगेकोछ । यतिबेला केहि संचार माध्यमले विवाद चर्काउन सकिन्छ की भनेर चिनीया राजदूतले भूमिका खेलेको , चिनिया राष्ट्रपति सिजिन पिङ र नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी बीच टेलिफोन संवाद भएको आदी वाहनामा नेकपा भित्रको एकता बाह्य दवावले भएको हो भन्ने चर्चा गर्न उद्धत छन् । यहानेर सबैले स्मरण गर्नै पर्ने तथ्य हो चिनले नेपालमा अस्थिरता चाहान्न । लडेको होइन मिलेको , युगौयुग सम्म कम्युनिष्ट सरकार चलेको हेर्न चाहान्छ । तर चिनले एकाएक विवाद मिलाई दिने सम्मको हस्तक्षेप गर्ने र प्रभाव पार्ने चरणमा प्रबेश गर्दैन । यस्तो बेलामा एकता र सहमतिका केहि सेतुहरु देखा परेका हुन् । पहिलो पंक्तिमा रहेका त्यस्ता सेतुमा नेकपाका महासचिव विष्णु पौडेल, प्रदेश ५ का इन्चार्ज एवम मुख्यमन्त्री शंकर पोखरेलको भूमिका अमह महत्वको देखा परेको छ ।
अन्तत्वगोत्वा केपि अेलीको आत्मालोचना गर्ने अग्रसरता , प्रचण्डको उच्च सुझबुझ पूर्ण अभिभावकीय नेतृत्व र स्वआलोचना , झलनाथ खनालको परिस्थितीमा आएको बदलाव स्वीकार्ने सहजशैली, माधव नेपालको पदलोलुपता नदेखाएको प्रष्ट अडान नेकपाको एकता सुदृढीकरणमा केशेढुंगा बनेका छन् । जुनथालमा खायो त्यहीं थुकेर नहिडने राम वहादुर थापाको जेन्टलमेन शैली, नारायण कजी श्रेष्ठको सजहतापूर्ण प्रस्तुतीवाट सही निष्कर्ष वाहिर ल्याउने क्षमताले यतिबेला विशेष चर्चा पाएकाछन् । रहयो वामदेवको भूमिका ,उनलाई प्रधानमन्त्री बन्ने तीव्र चाहाना हुनु र जताजता जेजे गरेर भएपनि पद प्राप्त गर्ने मनोदशामा ग्रसित हुनुले विवाद चरमोत्कर्षमा पुगेको र भविश्यमा कुनैदिन प्रतिनीधि सभामा आउने दुरदराजको वाटो तय गरेपछि मत्थर भएकाले उनको भूमिकामा कुनै टिप्पणी गर्नु जरुरी छैन । उनी नत संकट ब्यवस्थापनक सेतु हुन न त केतु नै । जे होस कुनैदिन जनताले जिताएर प्रतिनिधी सभामा पठाउदाका बखत सातौ नम्वरको कम्युनिष्ट प्रधानमन्त्री बन्न सकुन भन्ने शुभेच्छा प्रकट गरौं । बामदेव कम्युनिष्ट भित्रका टप सेभेन पिएम बननु । उनको मनोकांक्षा पूर्ण होस ।
प्रतिक्रिया