ब्रेकिंग न्युज

लकडाउनको उपहार जनश्रमदानमा एक किमी कृषि सडक



कपिलवस्तु, २२ वैशाख  कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नं ५ मा स्थानीयको जनश्रमदानमा सडक निर्माण कार्य शुरु भएको छ । सडक नहुदा कृषि कार्यका लागि समस्या झेल्दै आएका झण्डावासीहरुले जनश्रमदानबाट कृषि सडक निर्माण कार्य शुरु गरेका हुन् । वडाको मधौली कोपवा सडक खण्डको झण्डा मर्थेवा डाँडा देखि दुईमाने हुदै वैकुन्ठपुर सम्म जोडने झण्डै १ किलो मिटर वढि कृषि सडक आफै जनश्रमदानमा निर्माण गरिएको हो ।

    स्थानीयले आफै उठाएको १ लाख ४० हजार रकमवाट सडक निर्माण कार्य शुरु गरिएको निर्माण समितिका अध्यक्ष सुनिल भट्राईले वताउनु भयो । उक्त क्षेत्रमा यसअघि सडक सञ्जाल नहुदा खेतीयोग्य जमिनमा कृषि कार्य लागि किसानले समस्या खेप्दै आएका थिए् । विगत एक महिना देखि स्थानीवासिहरुको निरन्तरको छलफल, वैठक तथा भेलाले नगरपालीकाले तोकेको मापदण्ड अनुसार सडक वनाउने निर्णय गरे संगै आईतवारवाट सडक वनाउन शुरु गरिएको निर्माण समितिका सचिव सन्तराम थारुले वताउनु भयो ।

        कच्ची कृषि सडक निर्माण लागि ७ सदस्यीय समिति वनाई काम शुरु गएिको हो । कृषि सडक निर्माण पछि अव उक्त क्षेत्रमा खेतीयोग्य जमिनमा कृषि उपजका लागि कुनै समस्या नहुने र उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको स्थानयि कृषक भिमवहादुर श्रेष्ठले वताउनु भयो । यस अघि सडक नहुदा आफुले प्रयाप्त मात्रामा खेती गर्न नसकेको र  जमिन सधै वाजो भई खेर जाने गरेको र अव सडकवाट नियमित रुपमा कृषि कार्यका लागि ट्याक्टर तथा अन्य सवारी साधनलाई आउजाउ गर्न सहज हुने र उत्पादनमुलक कृषि कार्यमा आफुहरुले लाग्ने  स्थानीयवासी माधव घिमिरेले वताउनु भयो । सडक निर्माण पछि उक्त क्षेत्रका झण्डै २ सय किसान प्रत्यक्ष लाभान्वित हुने भएको वडाध्यक्ष भिष्मराज भुसालले वताउनु भयो । 

 

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६