जीवनशैली

जयबुद्धको ८५ प्वाइन्ट रक्तदान,बिपदका बेला धेरै मह्त्वको काम : मेयर श्रेष्ठ,राहत कोषमा १ लाख उपलब्ध



कपिलवस्तु २२ वैशाख  ।कपिलवस्तुको वुद्धभुमिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जय बुद्ध सहकारी संस्था बुद्धभुमिले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको हो । लकडाउनको समयमा रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुदा रक्तदान कार्यक्रम गरेको सहकारीले जनाएको छ । कार्यक्रममा ७५ बढि रक्तदाताले ८५  प्वाइन्ट  रक्तदान गरेका छन् ।

 सोहि अवसरमा बुद्धभुमि नगरपालीकाको विपद व्यवस्थापन कोषमा सहकारीले एक लाख रुपैया उपलव्ध गराएको सहकारीका अध्यक्ष राजेन्द्र सुवेदीले जानकारी दिनु भयो । कार्यक्रममा बुद्धभुमि नगरपालीका नगर प्रमुख केशव कुमार श्रेष्ठले मन्तब्य राख्दै सहकारीले विपदका बेला फरक तर धेरै महत्वको काम गरेको वताउनु भयो ।


यता  वडा नं. २ का अध्यक्ष भेषराज शर्माले सहकारीता नै विकासको मूल आधर बन्दै गएको प्रष्टयाउनु भयो । 

प्रकाशित : २२ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६