ब्रेकिंग न्युज

भारतमा लकडाउनको शैली फेरिएपछि नेपाल फर्कनेको लर्को,चोर नाकाबाट नेपाल प्रबेश गरेका १ सय ५५ जना प्रहरीको नियन्त्रणमा



कपिलवस्तु २३ बैशाख कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला भारतीय सिमापारगर्दै  जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । सोमवार राति देखि मंगलवार साझ सम्म चोर नाका हुदै नेपाल छिरीहरेको बेला उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरु दशगजा क्षेत्रमा अलपत्र अवस्थामा छन ।  भारतले सामेवार देखि लकडाउनको स्वरुप परिवर्तन गरे पछि नेपाल प्रबेशगर्न ओईरो लागेको हो । नियन्त्रणमा लिईएकाहरु कपिलवस्तु र छिमेकी जिल्लामा हुन ।  सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले अबैध तरिकाले नेपाल छिर्न खोज्नेहरुलाई जिल्लाको पाच स्थानमा रहेको दशगजामा राखिएको बताउनु भयो । नाकाबाट अबैध प्रबेश रोक्न सिमामा एक हजार चार सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलवार साझ ४ बजे सम्म मर्यादपुरमा ५६ चाकरचौडामा ४७ हदौनानमा १२, भिल्मीमा १४, कृष्णनगर।मा २६ जना नियन्त्रणमा लिईएको पुरीले प्रेसपटीलई जानकरी दिनु भयो  । ‘ चोर नाकाबाट नेपाल प्रबेश गर्न खाज्नेलाई धमाधम नियन्त्रणमा लिई पाच स्थानमा राखेका हौ ’ उहाले भन्नु भयो । पुरीका अनुसार नियन्त्रणमा लिने संख्या अझै बढदै जाने छ । भारतरमा गाडीहरु चल्न दिइए पछि रोजागरीकालागि भारतका बिभिन्न स्थानमा रहेको नेपालीहरु फर्कनेहरु बढेका छन ।

        लकडाउनले भारतका बिभिन्न स्थानमा रोकिएकाहरु अहिले धमाधम फर्कन थालेका हुन । फर्कनेहरु बढ्संगै जिल्लामा कोरानाको जोखिम समेत बढेका छ  यस्तै नियन्त्रणमा लिईएकाहरुको ब्यवस्थापनमा समेत गाह्रो परेका छ । प्रजिअ दीर्घ नारायण पौडेलले नियन्त्रणमा लिईएकाहरुलाई भारत तर्फ नै क्वारेन्टाईनमा राख्ने गरी पहल गरिएको बजानकारी दिनु भयो  । उहले भारतको सिद्धार्थनगरका डिएम र एसएसबिसंग नियन्त्रणमा लिईएकाहरुलाई त्यहीको क्वारेन्टाईनमा राख्ने गरि समन्वय गरिएको बताउनु भयो ।  सशस्त्र प्रहरीले नाकामा निग्रानी बढाए पनि भारतबाट चोर नाका हुदै नेपाल भित्रनेक्रम रोकिएको छैन । अहिले चोरनाका हुदै भारतमा रोजगारीकालागि गएकाहरु फकर्ने गरेका छन । भारतको लकडडाउनको स्वरुप बदलेपछि भारतका बिभिन्न शहरमा रोकिएका नेपाली मजदुरहरु अहिले चोर नाका हुदै कपिलवस्तु छिर्ने गरेका छन ।

        उनीहरु क्वारेन्टाईनमा नबस्दा कपिलवस्तु समेत कोरोनाको उच्च जोखिममा परेको हो । भारतको उत्तर प्रदेश लगायत बिभिन्न शहरहरुमा कोरानाको संक्रमतिको संख्या बढीरहेको  छ । जिल्लामा १० पालिकाले तयार गरेको एक हजार ७७ क्वारेन्टाईन  बेडमा एक हजार  ३७८ जना रहेकोमा ९ सय ७५ जना डिस्चार्ज भई हाल ४ सय ३  जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।  

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६