वुद्धभुमी २४ बैशाख ।वुद्धभुमी नगरपालिका २ गोरुसिंगेको एक युवाको कुवेतमा मृत्यु भएको छ । एक हप्ता अगाडी स्वास प्रस्वासमा समस्या आए पछी कुवेतको महवुल्लाको एक अस्पतालमा भर्ना भएका विष्णु प्रसाद न्यौपानेको वुधवार विहान मृत्यु भएको पारिवारीक स्रोतले वताएको छ । ग्लोवल मोर्डन फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा ३ वर्ष यता काम गर्दै आएका थिए । कम्पनीमा विदा लिएर घर फर्किन खोजेका न्यौपानेले लकडाउनका कारण कुवेतमै रोकिनु परेको थियो ।
उहाको मृत्यु के भएर भएको रिपोर्ट आएको छैन । न्यौपानेलाई प्रेसर सुगर पनी देखिएको थियो । अहिले कोरोनाको जस्तै लक्षण देखीए पछी उनलाई ६ दिन आई सि यु मा राखिएको थियो । न्यौपानेको श्रीमती चन्द्रकला पनी कुवेतमै हुनु हन्छ । चन्द्रकलाले पनी अहिले सम्म भेटन पाउनु भएको छैन । एक्कासी विरामी भए पछी अस्पताल लैजादा प्रेसर र सुगर भएको थाहा भएको स्थानिय छिमेकी लक्ष्मण.न्यौपानेले वताउनु भयो ।
प्रतिक्रिया