ब्रेकिंग न्युज

कपिलवस्तुको एक युवाको कुवेतमा मृत्यु , स्वास प्रस्वासमा समस्या मुख्य कारण



वुद्धभुमी २४ बैशाख वुद्धभुमी नगरपालिका २ गोरुसिंगेको एक युवाको कुवेतमा मृत्यु भएको छ । एक हप्ता अगाडी स्वास प्रस्वासमा समस्या आए पछी कुवेतको महवुल्लाको एक अस्पतालमा भर्ना भएका विष्णु प्रसाद न्यौपानेको वुधवार विहान मृत्यु भएको पारिवारीक स्रोतले वताएको छ । ग्लोवल मोर्डन फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा ३ वर्ष यता काम गर्दै आएका थिए । कम्पनीमा विदा लिएर घर फर्किन खोजेका न्यौपानेले लकडाउनका कारण कुवेतमै रोकिनु परेको थियो । 

        उहाको मृत्यु के भएर भएको रिपोर्ट आएको छैन । न्यौपानेलाई प्रेसर सुगर पनी देखिएको थियो । अहिले कोरोनाको जस्तै लक्षण देखीए पछी उनलाई ६ दिन आई सि यु मा राखिएको थियो । न्यौपानेको श्रीमती चन्द्रकला पनी कुवेतमै हुनु हन्छ । चन्द्रकलाले पनी अहिले सम्म भेटन पाउनु भएको छैन । एक्कासी विरामी भए पछी अस्पताल लैजादा प्रेसर र सुगर भएको थाहा भएको स्थानिय छिमेकी लक्ष्मण.न्यौपानेले वताउनु भयो ।  

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६