ब्रेकिंग न्युज

ब्रेकिङ अपडेट : मायादेविका ६५ मध्ये १२ को रिपोर्ट आउदा २ संक्रमित : प्रजिअ , अझै संक्रमितको संख्या बढ्न सक्ने



कपिलवस्तु २६ वैशाख । मायादेविको तीर्थादेवि छत्रपाली पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा १२ जनाको रिपोर्ट आउदा २जना संक्रमित फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले प्रेसपटीलई जानकारी दिनु भएको छ । उहाका अनुसार अझै ५३ जनाको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने देखिएको हो । किनकी पकडी स्थित क्वारेण्टाइनमा वसेका अधिकांस मानिसहरु भारतवाट लुकिछिपी नेपाल भित्रिएका हुन् । यसैबीच  कोरोना संक्रमित २ जनालाई बुटवल पठाइएकोछ।  कपिलवस्तुमा भेटिएका २ कोरोना सक्रमितलाई उपचारका लागि बुटवल स्थित कोरोना बिशेष अस्पाताल लैजान एम्वुलेन्स पाउन गाह्रो भएको थियो ।

    राती देखि नै एम्वुलेन्स खोजिएपनि १२ घण्टा सम्म पाउन नसक्दा विहान ८:४० मा मात्र तौलिहवावाट एम्वुलेन्स आएपछि बुटवल पठाइएको त्यहा कार्यरत स्वास्थ्य कर्मी बिष्णुथापाले जानकारी दिनु भयो ।  उनीहरु २जनालाई राती देखि अलग्गै राखिएको थियो । मायादेवि गाउपालिकाको वडा नं २ अभिरावका २जनामा कोरोना पुष्टि भएपछि उनीहरुको कन्याक्ट ट्रेसिङको काम भई रहेको छ । उनीहरु बम्वईवाट आउदै गरेको जानकारी पाएपछि स्थानीयले गाउमा प्रबेश गर्न नदिने गरि वाटोमै रोकेको वडाध्यक्ष सफरुद्धिन मुसलमानले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

    यता जनता समाजवादीका प्रदेश ५ इन्चार्ज दानवहादुर चौधरीले दक्षिणी भेगमा प्रहरीले जहाँ फेला पारेपनि पकडीमै ल्याएर राख्ने गर्दा यो क्षेत्रकालागि तनाव बढाएको वताउनु भयो । उहाले प्रेसपाटीसंग भन्नु भयो सम्वन्धित पालिकामा लगेर आफ्ना क्वारेण्टाइनमा राख्नु परयो सबैलाई पकडी ल्याउनु भएन । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६