ब्रेकिंग न्युज

कपिलवस्तुमा ९९ मध्ये १० संक्रमित अझै १९१ को नतिजा आउनै वाँकी



कपिलवस्तु २९ बैशाख । कपिलवस्तुवाट शनिवार स्वाब परीक्षणकालागि काठमाण्डौ पठाइएको   ९० जना मध्ये ९९ को नतिजा आएको छ । जस अनुसार यशोधराका ३४  जनाको स्वाब परीक्षण भएकोमा ८ जना र  बुद्धभूमीका २१ जनाको परीक्षण भएकोमा २ जनाको नतिजा पोजिटिभ देखिएको हो । यी दुइपालिकाका ५९ जना वाहेक अन्य ४० जना जिल्लाका कृष्णनगर ,महारजगंज ,विजयनगर लगायतका पालिकाका क्वारेण्टाइनमा बसेका ब्यक्ति हुन् । यी सबै स्वाव पठाइएका ९० जना छ देखि १२ दिन  अघि भारतवाट आएर क्वारेण्टाइनमा बसेका ब्यक्ति  हुन् । उनीहरु सबै भारतवाट लुकिछिपी भित्रिएका हुन् ।

        कपिलवस्तुमा पछिल्लो १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो  । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको  छ भने कपिलवस्तुमा १५ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो १० मध्ये बुद्धभूमीका २ र अरु सबै यशोधराका भएको बुद्धभूमीका स्वास्थ्य प्रमुख डोल विक्रम बेल्वासेले वताउनु भयो । उनीहरु बुद्धभूमीको मानपुर र धनकौलीका वसिन्दा हुन् । उनीहरु भारतवाट आएर बुद्धभूमीका स्थानीय क्वारेण्टाइनमा वसेका थिए । यशोधराका समेत क्वारेण्टाइनमा वसेका थिए । 

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६