स्वास्थ्य

मेयर नै लिन आउदा सातदिनको पीडा भूल्यौ : अलपत्र नागरिक



कपिलवस्तु २९ बैशाख भारतीय सिमामा एक हप्तादेखि अलपत्र नागरिकले बाणगंगानगरपालिका मेयर मंगल प्रसाद थरुकै नेतृत्वमा उद्धार गरेर ल्याउन टोली पुगेपछि सातदिन पाएको पीडा भुलेको वताएकाछन् । उद्धार टोलीका संयोजक नगर प्रबक्ता बिष्णु  पौडेलका अनुसार अलपत्र परेकाले मेयरकै नेतृत्वमा उद्धार गर्न जाँदा सबै पीडा भुलेको वताएका थिए ।बिबरण अनुसार सिमामा अलपत्रल परेका बाणगंगा ,बुद्धभूमि र कपिलवस्तु नगरपालिकाका ११ जनालाई बाणगंगा नगरपालिकाले उद्धार गरि नगरको क्वारेन्टाईनमा ल्याएको छ । भारतमा मजदुरी गरि एक सातादेखी सिमाक्षेत्रमा कृष्णनगरमा अलपत्र परेका बाणगंगा ७ , कपिलवस्तु नगरपालिका २ र बुद्धभूमि नगरपालिका २ जना गरि ११ जनालाई नगरपालिकाले उद्धार गरेको हो  

        नगरपालिकाबाट मेयर मंगल प्रसाद थारु , वडा नं २ का  वडा अध्यक्ष बिष्णु पौडेल वडा नं ५ का भिष्मराज भूषाल सहित गएको टोलीले नगरको गाडीमा राखि सिद्धार्थ क्याम्पमा बनाईएको क्वारेन्टाईनमा ल्याई राखिएको नगर प्रबक्ता बिष्णु पौडेलले जानकारी गराउनुभएको छ । रोजगारिको शिलशिलामा भारत गई स्वादेश फिर्ता भई सिमामा अलपत्र परेकालाई अब उद्धार गरि ब्यवस्थापन गरिने बताउनुभएको छ । सोमबार बसेको  बाणगंगा नगरकार्यपालिकाको बैठकले सिमा क्षेत्रमा अलपत्र परेका नगरबासीलाई उद्धार गर्ने भएको हो । वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडलेको संयोजकत्वमा वडा नं ४ ,५ र ७ संगै नगरका स्वास्थ्य शाखाका भक्तिराम पाण्डे सदस्यमा रहने गरि एक समिति पनि गठन गरिएको हो ।

      अब समितिले सिमामा अलपत्र परेका नगरबासीलाई धमाधम उद्धार गरि नगरकै सुबिधा सम्पन्न क्वारेन्टाईन राख्ने निर्णय गरेको छ । नगरपालिकाले सिद्धार्थ क्याम्पसको हलमा बनाएको सुबिधा सम्पन्न क्वारेन्टाईन ब्यवस्थापन गर्नका लागि वेड सख्या पनि बढाई ७० पु¥याएको छ । अहिले क्वारेन्टाईनमा ३५ जना रहेको छन । अब थप ७ जना गरि ४२ जना क्वारेन्टाईनमा रहने बताईएको छ । कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि नगरपालिकाले क्वारेन्टाईन ब्यवस्थापनसंगै समग्र नगरपालिकालाई कोरोनाबाट जोगाउन बिभिन्न कदमहरु चाल्दै गएको छ ।उता कपिलवस्तु नगरपालिका ९ हरनामपुरमा भारतबाट आएका ब्यक्तिलाई स्थानियबासीले क्वारेन्टाईनमा बस्न नदिएको खबर बाहिर आएको छ । 

     भारतबाट मजदुरी गरि घर फर्किएका ३ जनालाई वडाको क्वारेन्टाईनमा बस्न नदिए पछि वडाका बुद्धिजिविको रोहवरमा अस्थायी क्वारेन्टाईनमा राखिएको बताईएको छ । वडाको राम जानकी प्राबिमा अस्थायि क्वारेन्टाईनमा बनाई राखिएको बताईएको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६