ब्रेकिंग न्युज

नयाँ संक्रमित ६ जनालाई बुटवल पठाउने तयारी,संक्रमितलाई अलग नगरिएपछि क्वारेण्टाइनमा हंगामा



कपिलवस्तु ३० बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार साझ ७ वजे कोरोना संक्रमणको पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई बुटवल  पठाउने तयारी भएको छ । साझ नतिजा आएको र रातीको समयमा बुटवलले नपठाउन यस अघि देखि नै गर्दै आएको आग्रह अनुसार अहिले विहान ८ वजेपछि बुटवल पठाउने गरी सबै ब्यवस्था मिलाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ । यता कपिलवस्तुको बुद्धभूमीमा रहेको क्वारेण्टाइनमा वसेका २जना सोमवार साँझ संक्रमितको पुष्टि भएपछि अरुवाट अलग नराखिएपछि राती १० वजे क्वारेण्टाइन भित्र र वाहिर हंगामा भएकोछ ।

        क्वारेण्टाइनमा रहेका केहि ब्यक्तिका आफन्तहरु गौतमबुद्ध  क्याम्पसको गेट वाहिर आएर अलग नगरिएको विषयमा हो हल्ला गरेसंगै भित्र पनि हंगामा भएको थियो । तर सुरक्षाकर्मी पुगेर अलग गरेर राख्ने प्रतिबद्धता जनाएपछि वाहिर उपस्थित भएकाहरु फर्कीएको प्रत्यक्षदर्शी स्थानीय नविन शर्माले प्रेसपाटीलाई जानकारी दिनु भयो । सोमवार साँझ संक्रमित पुष्टि भएका ६ जनामा यशोधराका ४ जना रहेका छन् । उनीहरु  वडा नं ५मा १ जना ,७ मा १ जना  र वडा नं ८को २ जना  रहेका छन् । यस्तै २ जना बुद्धभूमीको मानपुरका हुन् । उनीहरु सबै बम्बईवाट ट्रेन र ट्रक मार्फत आएको जानकारी प्रेसपाटीले प्राप्त गरेकोछ ।  यशोधरामा फेला परेका नयाँ ४ जना भारतवाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको वताइएकोछ ।  यता कपिलवस्तुवाट  शनिवार काठमाण्डौ स्वाव परीक्षणकालागि पठाइएका २९० जना मध्ये २५२ जनाको  नतिजा आएको छ । जस अनुसार  १६ जना संक्रमित थपिएका हुन् ।

    अव ३८ जनाको मात्र  नतिजा आउन वाकी रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । विहान १० जनाको संक्रमण पुष्टि भएकोमा साझ पुन ६ जना थपिएका थिए । कपिलवस्तुका १६ जनामा संक्रमण पुष्टि भएको हो ।यस अघि मायादेवि र शुद्धोधनका ५ जना संक्रमित सहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो  ।कपिलवस्तुमा छ जना, रुपन्देहीमा छ जना र बर्दियामा १ जना गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यी सबैको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको हो।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६