कपिलवस्तु ३० बैशाख । कपिलवस्तुमा पछिल्लो पटक संक्रमण पुष्टि भएका ८ जना सबै कपिलवस्तु नगरपालिकाका भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार उनीहरु सबै कपिलवस्तु नगरपािलकाका हुन् । तौलिहवा स्थित २वटा क्वारेण्टाइनवाट लिइएको स्वावको परिक्षणवाट ८ जना को नतिजा पोजेटिभ देखिएको हो ।
जस अनुसार बडा नं १ को २५ बर्षको महिला १जना वडा ३ का २० र ३२ बर्षका पुरुष २ जना ,वडा नं ४का २५ वर्षका पुरुष वडा नं ५का २६ वर्षका पुरुष वडा नं ६का २६ वर्षका पुरुष ,वडा नं ७ का १९ बर्षका पुरुष र वडा नं ८ का २५ वर्षका पुरुष रहेका छन् । एकैदिन नेपालमा अहिले सम्ममै सबैभन्दा ठूलो संख्या पहिलो पटक कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल १९१ जनामा संक्रमण पुष्टि भएको हो । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले १ वजे सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा पुन ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
कपिलवस्तुवाट शनिवार पठाइएको २९० जनाको स्वाव परिक्षणमा वाँकी रहेका ३८ जनाको नतिजा आएकोहो । यो संगै कपिलवस्तु नगरपालिका, यशोधरा गाउपलिका ,बुद्धभूमी नगर पालिका, मायादेवि गाउ पािलका र शुद्धोधन गाउपालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया