ब्रेकिंग न्युज

कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण ६ सय स्वास्थ्यकर्मी र दर्जनौ पत्रकार जोखिममा



कपिलवस्तु ३०, बैशाख ।  कपिलवस्तुमा दोश्रो चरणमा कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको हो । कपिलवस्तु नगरपालिका क्वारेन्टाइनमा बसेकाहरुका थ्रेट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी एक २५ बर्षिया स्वास्थ्यकर्मीलाई संक्रमण भएको हो । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुका ८ जना थपिएका छन् । ति सबै कपिलवस्तु नगरपालिका भित्रका रहेका र १ जना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । संक्रमित स्वास्थ्यकर्मी सहित ७ जनालाई आजै बुटवल स्थित प्रदेश कोरोना अस्पताल लगिएको छ भने उनी संग सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । तर अस्पताल श्रोतका अनुसार संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइन नबसेको र आफ्नै घरमा जाने गरेकी थिइन् । आजको ८ जना सहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।  

स्वास्थ्यकर्मी उच्च जोखिममा :


कपिलवस्तुका १० वटै पालिकामा स्वास्थ्यकर्मीहरु खटिएका छन् ।  जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र भगतका अनुसार अहिले जिल्लाभरी ६ सय १४ जना स्वास्थ्यकर्मी कार्यरत छन् । तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मीहरु त्रसित बनेका छन् । स्थानीय तहले क्वारेन्टाइन जाँच, स्वाब संकलन, संक्रमित ओसारपसार, विरामी जाँच र औषधी उपचारमा आवश्यक पर्ने सुरक्षा उपकरण, पिपिइ सेट लगायतका स्वास्थ्य सामाग्री उप्लब्ध नगराउदा आफुहरु जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । संक्रमित स्वास्थ्यकर्मी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरि ६७ जना काम गरिहेका छन् । संक्रमित स्वास्थ्यकर्मी सहित अरुको स्वाब संकलन गरि लगिएपनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन । सुरक्षा श्रोत अभाव र शंकास्पद व्यक्तिलाई क्वारेन्टाइन नराखी घर पठाएकै कारण कपिलवस्तुमा दोश्रो चरणमा कोरोना प्रवेश गरेको हो । संक्रमण देखिएको ५ वटा स्थानीय तहको फिल्डमा खटिएका स्वास्थ्यकर्मी सबैको स्वाब जाँच गर्न माग गरिएको छ । 

संक्रमणको आशंकामा पत्रकार :


कोरोना सम्बन्धि समाचार संकलन गर्ने पत्रकारहरु समेत उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका संक्रमित स्थानीय तहमा कार्यरत संचारकर्मीहरु विना सुरक्षा उपकरण क्वारेन्टाइनमा छिर्ने, अन्र्तवार्ता लिने, भिडियोहरु बनाउने र सीमामा रहेकाहरु बिच गएर समाचार संकलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेको बताइएको छ । पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसालले बिना सुरक्षा रिर्पोटिङ्गमा हिड्ने संचारकर्मीको संख्या बढि भएको र उनीहरु उच्च जोखिममा रहेको जानकारी दिनुभयो । “हामीले सावधानी अपनाउन भनेका छौ, आवश्यक श्रोत साधन छैन, सम्बन्धित मिडियाले उप्लब्ध गराउदैन समस्या छ” उहाले भन्नुभयो । संक्रमित क्षेत्रका पत्रकारहरुको पनि स्वाब परिक्षणका लागि आवश्यक पहल गरेको र अहिले सेल्फ क्वारेन्टाइन बस्न आग्रह गरेको अध्यक्ष भुसालले बताउनुभयो । 

टेसिङ्ग गर्न स्वास्थ्य विभागको टोली :

कपिलवस्तुमा थप सावधानी अपनाउन र संक्रमितको कन्ट्रयाक टेसिङ्ग गर्नका लागि टोली मंगलबार कपिलवस्तु आइपुगेको छ । स्वास्थ्य विभागबाट राम नेपालीको संयोजकत्वमा ४ सदस्सीय टोली कपिलवस्तु आइपुगेको हो । टोलीले संक्रमित भेटिएका ५ वटा स्थानमा सुक्ष्म ढंगले  कन्ट्रयाक टे«सिङ्ग गर्ने र जाँच गर्ने कार्य अघि बढाउने बताइएको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६