ब्रेकिंग न्युज

शौच गर्ने बहानामा ८ जना भारतीय नागरिक क्वारेन्टाइनबाट भागे



बर्दिया ३१ बैशाख ।  गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट बुधबार बिहान ८ जना भारतीय भागेका छन् ।शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ । वैशाख ९ गतेबाट उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरुलाई भारतीय समकक्षी डीएमले अनुमति नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

              वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र चौधरीले उनीहरु बिहान करिब ३ बजे भागेको जानकारी साढे ९ बजे पाएको बताए । क्वारेन्टाइन सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ भएपनि शौच गर्ने बहानामा एकै साथ भाग्नु रहस्यमय भएको स्थानीयले बताए ।सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चित्तलहवा करिब डेढ किमि दूरीमा छ । प्रहरी उपरीक्षक केदार रजौरेले भारतीय भागेको जानकारी पछि व्यापक खोजी भएको बताए । भारतीय सुरक्षाकर्मीले भागेर आएका आठ जनालाई चित्तलहवाको क्वारेन्टाइनमा राखिने जनाउ दिएको उनले बताए ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६