बर्दिया ३१ बैशाख । गुलरिया नगरपालिका—१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनबाट बुधबार बिहान ८ जना भारतीय भागेका छन् ।शौच गर्ने बहानामा उनीहरु प्रहरीलाई छलेर भारत बहराइच जिल्लाको चित्तलहवा पुगेको प्रहरीले जनाएको छ । वैशाख ९ गतेबाट उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरुलाई भारतीय समकक्षी डीएमले अनुमति नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र चौधरीले उनीहरु बिहान करिब ३ बजे भागेको जानकारी साढे ९ बजे पाएको बताए । क्वारेन्टाइन सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ भएपनि शौच गर्ने बहानामा एकै साथ भाग्नु रहस्यमय भएको स्थानीयले बताए ।सीमावर्ती क्षेत्रमा रहेको क्वारेन्टाइनबाट भारतको चित्तलहवा करिब डेढ किमि दूरीमा छ । प्रहरी उपरीक्षक केदार रजौरेले भारतीय भागेको जानकारी पछि व्यापक खोजी भएको बताए । भारतीय सुरक्षाकर्मीले भागेर आएका आठ जनालाई चित्तलहवाको क्वारेन्टाइनमा राखिने जनाउ दिएको उनले बताए ।
प्रतिक्रिया