तौलिहवा ३१ बैशाख ।कपिलवस्तुको कोरोना संक्रमित नर्सलाई उपचारको लागी अस्पताल नपुराउदा कपिलवस्तु सदरमुकाम तौलिहवामा त्रास फैलिएको छ । जिल्ला अस्पतालमा कार्यारत नर्सलाई मंगलवार कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनीसंगै कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखीएको थियो ।
संक्रमित मध्ये ७ जनालाई कोरोना अस्पताल बुटवल धागो कारखानामा पुराईएको छ । संक्रमित नर्सलाई जिल्ला अस्पताल तौलिहवामा राखिएको छ । तौलिहवामा राखिदा सदरमुकाम वासीमा त्रसित भएका हुन । कोरोना संक्रमितका घरका सदस्य अझै पनि क्वारेन्टाईनमा वसेका छैनन । उनीहरु अहिले पनि वजारमा खुलेआम हिडेको पाईएको छ ।
श्रोतका अनुसार संक्रमित नर्स जिल्लाको हाई प्रोफाईल घरानाकी हुन । उनको परिवार सकृय राजनैतिक र सामाजिक पृष्ठभुमीमा जोडिएको छ । उनी आफ्नै घरवाट अस्पताल आवत जावत गर्ने गरेकी थिईन । कोरानाले कुन कस्तो वर्गको हो चिन्दैन । तर जुनसुकै बर्गको भएपनि राज्यले बनाएको नीति अनुसार चल्नु र उपचार गराउनु पर्छ । हाई प्रोफाईलको घरानाको वाहानामा राजयले तोकेका अस्पत्तालमा नजादा यसले तौलिहवावासीमा त्रास बढाउनु स्वभाविक हो ।
संक्रमित नर्स र उनको परिवारसंग सम्पर्कमा आएकाहरु ससंकित भएका छन । उनको परिवारको सम्पर्क जिल्लाका समाजसेवी, राजनैतिक कर्मी , विभिन्न संघ संगठनमा समेत रहेको छ । उनका परिवारका सदस्यहरु राहत वाड्ने , सदरमुकाम तथा जिल्लामा भएका वैठकहरुमा सहभागी समेत भएको थिए । उनको परिवार संग प्रत्यक्ष सम्पर्कमा आएका सदरमुकामका पत्रकारहरु थप सजग वनेका छन । करिव आधा दर्जन पत्रकार अहिले सेल्फ क्वारेनटाईनमा वसेका छन । पत्रकारहरुले आफ्रनै कार्यालयलाई सेल्फ क्वारेन्टाईन वनाएको सामाजिक मिडियाहरुमा देख्न पाइन्छ ।
यो समाचारमा उठाइएको विषय समग्र तौलिहवावासीको भावनासंग जोडिएको छ । किनकी कोरोना संक्रमण पुष्टि भएपछि बेलायतका प्रधानमन्त्री अस्पत्तालमा भर्ना भएर लामो सयम उपचार गराएका थिए । त्यसैले संक्रमित नर्सपनि आइसियू र भेण्टीलेटर सहितको बुटवल स्थित कोरोना अस्पत्तालमा गएरै उपचार गराउनु पर्छ । तौलिहवा अस्पत्ताललाई राजयले कोरोना उपचारको अस्पत्तालको रुपमा मान्यता दिएको छैन।
त्यसैले नर्सको स्वास्थ्य लाभकालागि र तौलिहवावासीमा बढेको त्रास हटाउनकालागि समेत बुटवल नै पठाइनु पर्छ । यता अस्पत्तालका मेसु किशोर बन्जाडेको टेलिफोन संपर्क हुने सकेन । यता स्वास्थ्य कार्यलय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले नर्सलाई बुटवल नपठाइएको भन्ने मात्र थाहा छ भन्दै पुष्टि भएपछि नपठाउने कारण नै हुदैन तर डाक्टर साहवले किन पठाउनु भएन मैले भन्न मिल्दैन भन्नु भयो ।
प्रतिक्रिया