कपिलवस्तु ३१ बैशाख ।कपिवस्तुमा तीन जना सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा कृष्णनगरमा संक्रमित ८ मध्ये ४ सुरक्षाकर्मी र १ नगरका कर्मचारी रहेको पुष्टि भएकोछ । ३जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।
बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई र एकजना ड्राइवर रहेको प्रेसपाटीले विवरण प्राप्त गरेकोछ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कृष्णनगरका ८ मध्ये ४ सुरक्षाकर्मी संक्रमित भएको वताएका छन् । उनिहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो । मंगलबार मात्रै कपिलवस्तुमा एक नर्सको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया