ब्रेकिंग न्युज

दुध बोक्ने गाडीले काठमाण्डौ पुराएकी बालिका संक्रमित भएपछि डेरी उद्योगशिल चालकलाई क्वारेण्टइन



कपिलवस्तु, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । ती बालिका कपिलवस्तु बाणगंगा नगरपालिका –४ की रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बालिकाको काठमाडौं महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बालिकाको घाटी सम्बन्धी समस्या रहेको थियो । हाल बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बालिकालाई कहाँबाट कसरी कोरोना संक्रमण भयो भन्ने अझै पुष्टि भएको छैन । बालिका हजुरबुवा र आमा दूध बोक्ने ट्याक्कमा २७ गते काठमाडौं गएका थिए । दूध बोक्ने ट्याक्कर र चालकलाई नियन्त्रणमा लिई चालकलाई होम क्वारेन्टाइमा राखिएको बाणगंगा ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिनुभयो । दूध बोक्ने अर्को ट्याङ्करलाई नियन्त्रणमा लिइने तयारी भइरहेको छ ।

            गजेहडा स्थित ट्वीन्स डेरी उद्योगलाई प्रहरीले सिल गरेको छ । बाणगंगा ४ की बालिकामा संक्रमण देखिएपछि वडा अब कसरी सुरक्षित रहने सम्बन्धमा मिटिङ्ग बसेर निर्णय गर्ने तयारी भइरहेको छ । 

            आज नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलवस्तुकी ६ वर्षीय बालिका र काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् ।  कपिलवस्तु कोरोना संक्रमणको हटस्पोट बनेसँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या बिहीबार विहान सम्म ३९ पुगी सकेको छ । बाणगंगा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको छ । यसरी कोरोना संक्रमित हुनेहरु अधिकांस भारतबाट चोरबाट हुँदै लुकीछिपी आएकाहरु रहेका छन् ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६