जीवनशैली

२ महिला र ३८ पुरुष संक्रमित,कपिलवस्तुका ८ पालिका मध्ये यशोधरा मै एकतिहाई



कपिलवस्तु १ जेठ  जिल्लामा आज सम्म २ महिला र ३८ पुरुष संक्रमित  भएका  छन् । कपिलवस्तुका ८ पालिका मध्ये यशोधरा मै झण्डै एकतिहाई  संक्रमित फेला परेका हुन् । यता कपिलवस्तुमा विहिवार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालीका वडा नं ४ की ६ वर्षिय वालीकाको काठमाण्डौमा उपचारको क्रममा गरिएको परिक्षणवाट संक्रमण पुष्टी भएको हो । यस्तै भैरहवा स्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका एक जना विजयनगर गाँउपालीकाका पुरुषमा पनि संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले प्रेसपाटीलाई बताउनुभयो ।

        काठमाण्डौ र रुपन्देहिमा उपचारको क्रममा संक्रमीतको पुष्टी भए संगै कपिलवस्तु जिल्लामा संक्रमीत हुनेको संख्या ४० पुगेको छ । जसमा महिला १ जना वालीका १ जना र पुरुष ३८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको हो । कपिलवस्तु नगरपालीकाको वडा नं १ कि २५ वर्षिय महिला (स्वास्थ्यकर्मि) र वाणगंगा नगरपालीकामा ६ वर्षिय (वालीका) मा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सवैको स्वास्थ्य अवस्था समान्य रहेको र उपचार जारी रहेको कार्यालयले जनाएको छ । 

        यसअघि वैशाख २५ गते विहिवार मायादेवी गाँउपालीमा २ जना, वैशाख २७ गते शनिवार मायादेवी गाँउपालीकामै २ जना र सुद्धोधन गाँउपालीकामा १ जना, वैशाख २९ गते आईतवार यशोधरा गाँउपालीकामा १२ जना र वुद्धभुमि नरपालीकामा ४ जनामा संक्रमण पुष्टी भएको थियो । वैशाख ३० गते मंगलवार कपिलवस्तु नगरपालीमा ८ जना, वैशाख ३१ गते कपिलवस्तु नगरपालीकामा मै थप १ जना, कृष्णनगरमा ८ जना र कपिलवस्तुका विजयनगरका एक जनाको रुपन्देहिको भिम अस्पतालमको आईसोलेनमा रहेकाको मा  संक्रमण देखिएको थियो । जेठ १ गते वाणगंगा नगरपाल्ीकामा १ जना वालीकाको काठमाण्डौमा उपचारको क्रममा संक्रमण पुष्टी भएको हो । 

        जिल्लाको १० स्थानीय तह मध्ये अहिले सम्म आठ स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । जसमा यशोधरा गाँउपालीकामा सवै भन्दा धेरै १२ जनामा संक्रमण देखिएको छ । त्यसपछि दोश्रोमा कपिलवस्तु नगरपालीकामा ९ जना रहेका छन् भने तेश्रोमा कृष्णनगर नगरपालीका रहेको छ जहाँ ८ जनामा संक्रमण पुष्टी भएको हो । यस्तै मायादेवी गाँउपालीकाका ४ जना, वुद्धभुमि नगरपालीकाका ४ जना, विजयनगर गाँउपालीकामा १ जना, सुद्धोधन गाँउपालीकाका १ जना र वाणगंगा नगरपालीकामा १ जना वालीकामा संक्रमण देखिए संगै जिल्लामा ४० जनामा कोरोना पुष्टी भएको हो । 

    कपिलवस्तुमा कोभिड–१९ संक्रमण वढेपछि प्रशासनले सोमबार देखि एक साताका लागि जिल्ला सिल गर्ने निर्णय गरेको छ । लकडाउन पालना प्रभावकारी तुल्याउन प्रशासनले यस्तो निर्णय गरेको हो । संक्रमणको जोखिम बढिरहेकाले कपिलवस्तु जिल्लामा सतर्कता अपनाइएको छ । सिल गरिए संगै जिल्ला सुनसान वनेको छ । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६