ब्रेकिंग न्युज

भारतीय पक्षले ५७÷४ नं को सीमास्तम्भ गायब



फिदिम १ जेष्ठ । नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ ।पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको जनाइएको छ ।उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहालय बनाउन लागेको थियो ।  सो समूहले निर्माण गर्न लागेको सङ्ग्रहालय क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी एसएसबीले गरेको छ ।

               फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि  सो गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । यस क्रममा भारतीय पक्षले सीमा अतिक्रमण गर्नुका साथै सीमास्तम्भ समेत गायब पारेको पाइएको प्रवक्ता राईले जानकारी दिनुभयो । यहाँ भारतीय पक्षले ५७÷४ नंको सीमास्तम्भ गायब पारेको पाइएको उहाँको भनाइ छ । फालेलुङ–५ प्राङबुङका सिल्प साम्पाङका अनुसार यहाँ एसएसबीले दैनिकरूपमा गस्ती गर्नुका साथै नेपालीलाई हिँडडुल र काम गर्नसमेत अवरोध गर्दै आएको छ । दैनिक करिब १०० जनाको एसएसबीको टोली यस क्षेत्रमा आउने गरेको छ । 

              सीमा क्षेत्रमा दुई होटलसमेत रहेका छन् । एसएसबीले होटल सञ्चालकलाई उक्त क्षेत्र भारतीय भूभागमा परेको भन्दै मनोवैज्ञानिक दबाव दिने गरेको पाइएको साम्पाङको भनाइ छ । भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करिब १०० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाइ छ । जनप्रतिनिधिले एसएसबीका स्थानीय कमाण्डरसँग संवादसमेत गरेका थिए । यस क्रममा भारतीय पक्षले नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा परेकाले भौतिक संरचना निर्माण रोक्न माथिको आदेश आएको बताएको प्रवक्ता राईले बताउनुभयो । 

          भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिनुभयो । “वन डिभिजनबाट सञ्चालित योजनामा अवरोध भएकाले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न भनिएको छ”, उहाँले भन्नुभयो ।

             स्थानीयस्तरबाट प्राप्त सीमा अतिक्रमणसम्बन्धी सूचना गृह मन्त्रालयमा समेत पठाइएको प्रजिअ शर्माले बताउनुभयो । “एउटा सीमास्तम्भसमेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशीलरूपमा लिइ मन्त्रालयमा जानकारी गराइएको छ”, उहाँले भन्नुभयो । उक्त क्षेत्र पाँचथर, इलाम र भारतको पश्चिम बङ्गाल राज्यको सीमामा पर्दछ । 

                पाँचथरमा भारतसँगको करिब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ । पछिल्लोपटक कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रबाट हुने आवतजावत रोक्ने सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा पुगेपछि भारतीय पक्षले नयाँ विवाद सिर्जना गरेका सन्दकपुर क्षेत्रका स्थानीयवासीको भनाइ छ । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६