कृष्णनगर १ जेठ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ४ कोरोना संकृमित एम्वुलेन्स नपाउदा कृष्णनगर मै रोकिएका छन । बुधवार साझ साढे सात वजे पुष्टी भएका ८ जना मध्ये ४ जना २३ घण्टा वित्दा पनि अस्पताल जान पाएका छैनन । समाचार तयार पार्दा सम्म ( साढे ६ वजे) एम्वुलेन्स खोज्ने कार्य चलेको छ । नगरपालिकामा रहेका ३ एम्वुलेन्स विग्रीएको वताईएको छ । वाहिरका एम्वुलेन्सलाई सम्पर्क गरीएको छ ।
उहाहरुलाई लैजान तयार भएको छैनन कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार विश्वकर्माले वताउनु भयो । कोरोना संक्रमण भएका ८ जना मध्ये ४ जना सुरक्षा कर्मी रहेका थिए । उनीहरुलाई निजि सवारी साधनलाई आग्रह गरेर तौलिहवा पुराईएको थियो । वाकी २ कृष्णनगरका नागरीक र २ जना कर्मचारी गरी ४ जना एम्वुलेन्स नपाउदा क्वारेनटाईनमा वस्नु परेको छ । उहाहरुलाई अलग्गै कोठामा व्यवस्था गरेको विश्वकर्माले वताउनु भयो । कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहका अनुसार संक्रमितलाई दांग लैजाने तयारी गरीएको छ । तर एम्वुलेन्स पाईएको छैन मेयर शाहले वताउनु भयो ।
प्रतिक्रिया