शुद्धोधन
कपिलवस्तुको शुद्धोधन गाउपालिकालाई कोरोना जोखिम कम गर्नका लागी सामाग्री सहयोग भएको छ । गाउपालिकामा एक जनालाई कोरोना संक्रमण भए पछी जोखिम कम गर्न सामाग्री वितरण गरेको थियो कालिका स्वालम्वन सामाजिक केन्द्रको सहयोगमा सवा लाख वरावरको सामाग्री हस्तान्तरण गरेको हो । केन्द्रले सेनिटाईजर ८ ग्यालेन, पिपिई सेट ५ थान, के एम ९५ मास्क ८० थान,सेनेटरी सेफ्टी प्याड ७४ थान, ग्लोव १०० जोडा, सर्जीकल मास्क ५०० पिस, डिस्पोजल ग्लोव १५०० जोडा हस्तान्तरण गरेको छ ।
यसै गरी शुद्धोधन गाँउपालिका ६ वटै वडामा रहेका किशोरी संजालका १८१ जना किशोरीहरुलाई २ प्याकेट महिनावारी प्याड, १ वटा स्यानिटाइजर, तथा ३ वटा सर्जिकल मास्क समेत वितरण गरिएको छ । किशोरी संजाललाई ४८६५३।–अठचालिस हजार छ सय त्रिपन्न बराबारको सामाग्री वितरण गरीएको केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले वताउनु भयो ।
१ जेष्ठ २०७७, बिहिबार
प्रतिक्रिया