कपिलवस्तु २ जेठ । कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पत्ताल बन्द भएको छ । त्यहा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सबै स्वास्थ्यकर्मीमा जोखिम वढेको जनाउदै अस्पत्ताल बन्द हुने भएको हो । अस्पत्तालद्धारा जारी बिज्ञीतीमा भनिएकोछ सबैको कोरोना परीक्षण नहुदा सम्मका लागि अस्पत्तालका सबै सेवा बन्द गरिएकोछ । निमित्त मेडिकल सुपरटेण्डेण्ट डा. गणेश क्षेत्रीको हस्ताक्षरमा जारी बिज्ञप्तीमा भनिएकोछ इमरजेन्सी र प्रसुती वहेकका सबै सेवाहरु अर्काे निर्णय नहुदा सम्मका लागि बन्द गरिएकोछ ।
त्यहा कार्यरत स्टाफनर्समा ४ दिन पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । नर्सलाई तौलिहवाकै आइशोलेशन अस्पत्तालमा राखिएको छ । अहोरात्र सेवामा खट्ने सहकर्मी नर्स संक्रमित भएकोमा स्वास्थ्यकर्मी चिन्तीत भएकै वखत आफूहरुमा पनि जोखिम रहेकाले परीक्षण नहुदा सम्म अस्पत्तालको सेवा बन्द गरेका हुन् ।
प्रतिक्रिया