कपिलवस्तु २ जेठ । ८ देखि १० बर्ष उमेरका ३ जना वालिकालाई बालयौन दुराचार गरेको आरोप लागेका बाणगंगा ४ गजेहडाका एक जना ४२ बर्षका पुरुष पप्पु भनिने तिलकराम गुप्ता जेल चलान भएकाछन् । जिल्ला अदालत कपिलवस्तुका प्रमुख न्यायधिस लोकजंग शाहको एकल इजलाशले अबोध वालिकाको यथार्थ बयान सहितका उपलब्ध प्रमाणले थुनामा राखेर अन्तिम फैसलामा पुग्नु पर्ने ठहर गर्दै जेल चलान गरेको अदालतले जनाएको छ । यता एकजना वालयौनदुराचार आरोपित १७ बर्ष ६ महिनाका किशोर अभिभावको जिम्मा लगाएर विना करवाही छाडिएपछि कपिलवस्तुमा स्थानीय प्रशासनको निशेधाज्ञा (जिल्ला सिल) तोड्दै महिलाहरु नारावाजीमा उत्रिएका थिए ।
उनीहरुले प्रहरीका विरुद्ध नारावाजी गर्दै गजेहडा चौकी घेराउ गरेका थिए । बाणगंगाको गजेहडाका ३ वालिकालाई यौन दुराचार गर्ने २ जना मध्ये एकजना अदालतवाट कुनै सजाय विना छुटेपछि पीडित परिवार सहित स्थानीय महिलाले प्रहरी चौकी गजेहडा घेराउ गरी नारावाजी गरेका हुन् । उनीहरुले विकाउ प्रहरी चहिदैन बाणगंगमा रहन पाइदैन भन्दै नारावाजी मात्र गरेनन् । प्रहरीलाई निकलेर चौकीमा ताला लगाइ दिएका थिए । उनीहरुले स्थानीय प्रहरीले पीडकसंग रकम खाएर मुद्धा कमजोर बनाएको महिलाहरुको आरोप लगाएका थिए । २३ दिन अघि प्रहरीमा जाहेरी परेको थियो । बुधवार जिल्ला अदालत कपिलवस्तुका न्यायधिस लोकजंग शाहले अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावको जिम्मा लगाई छाड्ने आदेश दिनु भएको थियो ।
सोही अनुसार पीडक मानिएका किशोर छुटेर गाउमै आएपछि ती बालिका असुरक्षित भएको भन्दै न्यायको माग सहित प्रहरीमा घेराउ गरेका हुन्। एकजना अभियुक्त छुटेपनि अर्काेलाई अझै अदालतमा पेश गरिएको थिएन । यसै बीच जनदवावमा परेको प्रहरीले आज अदालत समक्ष अर्का अभियुक्तलाई पेश गरेको थियो । तत्पश्चात भएको थुनछेक वहश सुनेपछि न्यायधिस शाहले जेल चलान गर्ने आदेश गर्नु भएको हो पीडित वालिकाले आफुहरुलाई शरिरका विभिन्न भागमा सुमसुमाउने ,पुरुष यौनअंग चलाउन लगाउने , गुद्धारवाट यौनक्रिया गर्ने जस्ता काम ती दुबै अभियुक्तले गरेको प्रहरी समक्ष बयान दिएको उनीहरुका अभिभावकको दाविछ । यता पीडित वालिकाका अभिभावकले न्याय पाएको अनुभूत भएको प्रेसपाटीलाई वताएक छन् ।
प्रतिक्रिया