ब्रेकिंग न्युज

लकडाउन : बालबालिकालाई सिर्जनात्मक काम सिक्ने अवसर



कपिलवस्तु २ जेष्ठ  । कपिलवस्तु बुद्धभुमिका पवन अधिकारी यतिबेला सस्कृतिका स्लोक कन्ठ गर्न र कविता लेख्नमा व्यस्त हुनुहुन्छ ।  कोरोनाको त्रासका कारण परिक्षा रोकिएपछि चिन्तीत भएका अधिकारी अहिले घरमै बसि  कबिता लेख्दै हुनुहुन्छ । उहाँले हालसम्म १० वटा बढि कविता लेखेको बताउनुहुन्छ । बन्दाबन्दिको समयमा प्राज्ञिक विधार्थी परिषद्, नेपालले आयोजना गरेको अनलाईन कबिता लेखनमा समेत उत्कृष्ट भएको बताउनुहुन्छ । उहाँको समसामायीक बिषयको कबिता कोरोना भाईरस 


                    श्री हरिहर सन्यास आश्रम देवघाटमा कक्षा १० मा अध्ययन गर्ने अधिकारीले पवन ज्ञान मन्जरी कविता सङ्ग्रह प्रकाशित गनुभएको छ । लकडाउनको सदुपयोग गर्दै अर्को कविता सङ्ग्रहको तयारीमा रहेको बताउनुभएको छ । यता बुद्धभुमि कै राजेश बेल्वासेलाई पनी लकडाउनले ६ महिना पछि घर आउने अवसर जुर्यो । गजेन्द्र मोक्ष दिव्य धाम नवलपुर त्रिवेणीमा कक्षा ९ मा अध्ययन गर्ने बेल्वासे ६ महिनामा घर आउनुभयो । परिक्षाको बिदामा रुद्रि पाठ गर्ने, भागवत पाठ गर्ने सोचमा हुनुहुन्थयो । तर कोरोनाको त्रासका कारण घर फर्केका बेल्वासेले युटुवको माध्यमबाट महाभारत ,रामायण हेर्ने अवसर पाएको बताउनुभयो । यति मात्रै होईन उहाँले युटुवको माध्यमबाट कक्षाँ १० को गणित ,अगे्रजी लगायतका बिषयको तयारी समेत गरिरहेको बाउनुभयो ।

                 कोरोना भाईरसका कारण यतिबेला विश्व नै त्रसित छ , कोरोनाको त्रासबाट नेपाल पनी अछुतो भने छैन् । कोरोना भाईरसको सक्रमण देखिएपछि गत चैत्र ११ गतेबाट सरकारले लकडाउन जारी गर्यौ । चैत्र २ गतेबाट सुरु हुने भनिएको कक्षा १० को एसईई परिक्षा स्थगन भयो , दिनभरी विद्यालय गएर अध्ययन गर्ने बालबालिका घरमै बस्न बाध्य भएका छन । नयाँ शैक्षिक सत्र शुरु भएपनि बिद्यालय बन्द हुदाँ घरमै अभिभावकका साथ ब्यहारिक र सिपमुलक कामहरु गर्न सिकिरहेका छन ।

                     बाणगंगा २ हिल्वर्टमा कक्षा ४ मा अध्ययनरत डेनिस क्षेत्रीले  पनि अहिले खाली समयलाई रचानात्मक र सिर्जनात्मक कामहरुमा सदुपयोग गरेको बताउनु हुन्छ । बिदाको समयमा नयाँ ठाउँमा घुम्न   रुचाउने क्षेत्रीलाई घरमै बस्नुपर्दा दिक्क भने लागेन टोल छिमेकका साथीहरु सगं मिलेर घर वरिपरीका मन्दिर घुम्न ,योगा सिक्न ,नयाँ नयाँ खेल खेल्न पाउँदा खुशी लागेको बताउनुहुन्छ ।यता होराईजन माध्यमिक बिद्यालय सिद्धिपुर कक्षा २ मा पढ्ने पजल गोदारपनि घरमै बसि बिभिन्न कामहरु सिक्ने अवसर पाएको बताउनुहुन्छ । अहिलेको महामारीको समयमा आफ्नो घरमा भएका जुनसुकै उमेर समूह र क्षमताका बालबालिकालाई सुरक्षित राखी सिकाइमा संलग्न गराउनु हरेक अभिभावकको दायित्व भित्र पर्छ । अभिभावकले लकडाउनका कारण घरमै बसिरहेका हरेक बालबालिकालाई सामान्य अवस्थाको समय भन्दा यसबेला बढी समय प्रदान गरि सकरात्मक र सिर्जनात्मक कुराहरुमा बढि जोड दिन जरुरी छ ।

 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६