ब्रेकिंग न्युज

दाङमा पहिलो पटक संक्रमण पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो



काठमाडौं, २ जेठ । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज साँझ  ९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

            थपिएका संक्रमितमा दाङका तीन जना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६