ब्रेकिंग न्युज

मदनले देखाएको बाटो -“ थकाई बिहिन जीबनको अभ्यास ”



कपिलवस्तु ३ जेठ  जीवनमा थकाई भन्ने शब्द हुदैन भन्ने जननेता मदन भण्डारी र  कुशल संगठक एवम् तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रीतको २७ औं स्मृती दिवसको अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत स्मरण गदै श्रद्धाञ्जली प्रकट गरेको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा संयुक्त विज्ञप्ती मार्फत स्मरण गर्दै उहाँहरुले देखाएको सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्न सिंगो पार्टी दृढतापूर्वक लाग्ने विश्वास प्रकट गरिएको छ । बहुदलिय जनवादको ब्याख्याता मदन कुमार भण्डारी र कुशल संगठक जीवराज आश्रीतको २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दूर्घटनामा मृत्यु भएको थियो । जन नेता भण्डारीले सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गंभिर धक्का खाएको बेलामा पनि माक्सवादको सृजनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलिय जनवाद सिद्धान्त प्रतिपादन गर्नु भएको थियो । कुशल संगठक जीवराज आश्रीत सबै प्रकारका जातीवादको अन्त्य गर्ने कटट्रवादी मानिनुहुन्थ्यो । सरल जीवन शैलीका आश्रीत राजनीतिमा महिलाको सशक्तिकरणमा सक्रिय रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।


मदनको बिरासत :

२०२८ सालमा पुष्पलालसंगको भेटपछी राजनीति यात्रा शुभारम्भ गर्नु भएका जननेता मदन भण्डारीले २०३० सालदेखी पार्टीको पूर्णकालिन कार्यकर्ता भई कार्य गर्नु भयो । अन्याय, अत्यचार सहन नसक्ने उहाँको आफ्नै खालको विद्रोही स्वभाव थियो । विषयवस्तुको उच्चतम ज्ञानको आधार, साहित्य र सिर्जना मार्फत नविन चिन्तनको विकासले उहाँलाई क्रियाशील राजनीति कर्मीहरुसंग नजिकने वातावरण बन्न पुग्यो । 

            २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बन्नुभएका भण्डारी २०४७ सालमा माले माक्सवादी एकीकरणबाट उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को महासचिव बन्नु भयो । २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाण्डौ क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भयो । 

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को महासचिव भण्डारीले पार्टीलाई बहुलवादी राजनीतिमा अगाढी बढाई आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रुपमा स्थापित गर्ने काम गर्नु भयो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गंभिर धक्का खाएको बेलामा पनि माक्सवादको सृजनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलिय जनवाद सिद्धान्त प्रतिपादन गर्नु भयो । भण्डारीले  २०२३ सालमा बनारस विश्व विद्यालयबाट भाषा साहित्यमा स्नाकोत्तर गर्नु भएको थियो । 

         बहुदलिय जनवादको ब्याख्याता मदन कुमार भण्डारीको २०५० जेष्ठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दूर्घटनामा मृत्यु हुन पुग्यो । आमा चन्दकुमारी भण्डारी र बुवा देवी प्रसाद भण्डारीको कोखबाट विस २००९ साल असार ९ गते ताप्लेजुङ्गको साविकको हाङदेवा गाविसको ढुंगेसाँघुमा जन्मनु भएको थियो । भण्डारीको २०३९ सालमा विद्यादेवी पाण्डेसंग विवाह भएको थियो । स्व. भण्डारीका उषाकिरण र निशाकुसुम दुईटी छोरी रहेका छन् । 

कुशल संगठक आश्रीत :

तत्कालिन नेकपा एमालेका कुशल संगठक जीवराज आश्रीत गुल्मीको हरिवामा वि.स. २००१ साल श्रावण १८ गते जन्मनु भएको हो । आश्रीत सबै प्रकारका जातीवादको अन्त्य गर्ने कटट्र मानिनुहुन्थ्यो । सरल जीवन शैलीका स्व. आश्रीत राजनीतिमा महिलाको सशक्तिकरणमा सक्रिय भूमिका खेल्नु हुन्थ्र्यो ।  

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६