बिजनेस

सांसद पाण्डेलाई क्वारेण्टाइन पठाउन माग,लकडाउन उलंघनमा सघाउदै शशस्त्रका २ हाकिम



भैरहवा ३ जेठ   चितवनमा लकडाउनको उलंघन गरेको भन्दै शुक्रवार प्रदेश ५ का सांसद विरेन्द्र कनौडीयालाई प्रहरीले रोकेर जहावाट आएको हो त्यहि फिर्ता पठाएको घटना सार्वजनिक भएकै दिन प्रदेश ५का सांसद सन्तोष पाण्डेलाई  रुपन्देहीका   शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक प्रदिप कुमार पाल र सशस्त्र प्रहरी बल गणका प्रमुख तेज कुमार पोखरेलले चाकडीको पराकाष्टा प्रदर्शन गर्दै लकडाउन उलंघनमा सघाएको तथ्य प्रेसपाटीले प्राप्त गरेकोछ ।

        प्रहरीका हाकिमहरुलाई अघिपछि लगाएर आफ्नो निर्वाचन क्षेत्र समेत नभएको रोहीणी गाउ पालिकाको वडा नं १ मा पर्ने सिमा क्षेत्र सेमरपानी  पाण्डे पुगेका हुन् । विना कामै घुम्ने सांसद र उनलाई सुरक्षा दिने वाहानामा डुल्ने प्रहरीका हाकीम दुबैलाई कसैले किन घुमेको भन्ने समेत सोध्ने हिम्मत गरेका छैनन । रुपन्देहीमा लकडाउनको अनुगमनका नाममा प्रदेश ५ का प्रदेशससभा सदस्य सन्तोष पाण्डेयको घुमफिरले सर्वसाधारण मात्र होईन सुरक्षा निकाय समेत हैरानीमा पारेको  छ  ।

    प्रदेश सभा सदस्य पाण्डेयले अनुगमन र राहत बितरणका नाममा कोरोनाको उच्च जोखिममा रहेका क्षेत्रहरुको जथाभावी हिडडुल गर्ने गरेको भनाई सुरक्षाकर्मीहरुको छ ।कहिले  भारतीय क्वारेन्टाईन जाने कहिले नेपालका क्वारेन्टाईन जाने कहिले बिपन्न बर्गलाई राहात बाडन भन्दै हिडने वहाको असुरक्षीत दैनिकीले हामीलाई समेत हैरान बनाएको छ एक सशस्त्र प्रहरी अधिकृतले भने । प्रदेश सभा सदस्य पाण्डेय सुरक्षाकर्मी अघिपछि लगाएर गाउगाउ डुलेको मात्रै नभई भारतीय क्वारेन्टाईन सम्म पुगेको समाचार सार्वजनिक भएसंगै पाण्डेलाई समेत क्वारेन्टाईनमा राख्नु पर्ने माग उठेको थियो ।

    तर यस बिषयमा स्थानीय प्रशासनले चासो नदेखाएको  भैरहवाका सर्वसाधारणको गुनासोछ । पान्डेय प्रदेश सभा सदस्य रुपन्देही ३ को २  का सांसद हुन् तर उनी गृहमन्त्री झै सूरक्षाकर्मी अघिपछि लगाएर  कहिले मर्चवार ,कहिले धकधई क्षेत्रमा घुमिरहेका छन् । प्रदेशसभा सदस्य पाण्डेय बीहिवार र शुक्रवार  शसस्त्र प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक प्रदिप कुमार पाल र सशस्त्र प्रहरी गणका प्रमुख तेज कुमार पोखरेललाई अघिपछि लगाएर सिमा क्षेत्र सेमरपानी पुगेका थिए । पाण्डेयले आफ्नो निर्वाचन क्षेत्र समेत नभएको रोहीणी गाउ पालिकाको वडा नं १ मा पर्ने उक्त सिमा क्षेत्रमा कसरी पुगे भन्ने आफुहरु नै अनभिज्ञ रहेको प्रहरीको भनाई  छ ।

        प्रदेश ५ को जुनसुकै क्षेत्रमा पनि जान सक्छु जनताको सेवा गर्न कसैले रोक्न सक्दैन उनले भने ।  जहा पायो त्यहा जाने सबैसंग भेटघाट गरेर फर्कने पाण्डेलाई क्वारेण्टाइनमा राख्नु पर्ने रुपन्देहीका नागरिक अगुवा प्रताप कुमार शाक्यले माग गर्नु भयो । उहाले भन्नु भयो एकातिर एउटा सांसद कारवाही पर्ने अर्काे तिर त्यस्तै काम गर्ने अर्काेलाई सुरक्षा निकायले स्कर्टीङ गर्ने यो कस्तो देश भन्ने प्रश्न गर्नु भयो । प्रहरीका हाकीमहरुको सांसद पाण्डेसंग कुनै अबैध सम्बन्ध छ होला र यसरी चाकडी गर्छन उहाले प्रेसपाटीसंग भन्नु भयो । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६