ब्रेकिंग न्युज

शिवराजका संक्रमित सिमाबाट सिधै क्वारेन्टाईनमा ।



कपिलवस्तु
कपिलवस्तु शिवराज नगरपालिकाका कोरोना संक्रमित युवा सिमावाट सिधै क्वारेन्टाईन ल्याएको वताईएको छ । मुम्वईबाट चोर नाका हुदै नेपाल छिरेका ३ जनालाई सिमाबाट गाडीमा राखेर क्वारेन्टाईनमा राखिएको थियो । उनीहरु घरमा जान पाएका थिएनन । उनीहरु मध्ये २ जना शिवराज ८ विशनपुर र १ जना शिवराज ११ थुन्हिया घर भएका थिए । उनीहरु मुम्वईबाट पैदल र ठाउ ठाउमा गाडी प्रयोग गरी कृष्णनगर नाकामा आएका थिए ।
उनीहरुलाई छाला उद्योग स्थित सुपा देउराली रिसोर्टको हलमा रहेको क्वारेन्टाईनमा राखिएको थियो । उनी संगै क्वारेन्टाईनमा रहेका ३२ जना रिपोर्ट नेगेटिभ आए पछी घर फिर्ता भएका थिए । अहिले ट्राभल हिस्टी र कन्ट्याक्ट ट्रेसिंग गर्ने तयारीमा रहेका छौ सुपादेउराली क्वारेन्टाईनका स्वास्थ्य कर्मी जितेन्द्र वि सीले वताउनु भयो । रिपोर्ट नेगेटिभ आएर घर फिर्ता भएका मध्ये क्लोज कन्ट्याक्टमा आएकालाई फेरी नमुना परिक्षण गर्नु पर्ने हुन्छ । संक्रमित ३ जनालाई कोरोना अस्पताल वेलझुण्डी लैजाने तयारी गरीएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६