कञ्चन ३ जेठ ।रुपन्देहीको कञ्चन गाउपालिकाले कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न गरिएको लकडाउनका कारण समस्यामा परेका कञ्चनका बिपन्न घरपरिवारहरुलाई दिएको राहत बितरण गर्दा भएको खर्च सार्वजनिक गरेको छ ।कञ्चन गाउपालिकाले बिषम परिस्थितीमा समस्यामा परेकाहरुको उद्धार र राहत प्रदान गर्न गाउपालिकाले स्थापना गरेको राहत कोषमा कञ्चनमा क्रियाशिल संघसंस्था,कर्मचारी,सहकारी,बैंक,शिक्षक तथा बैदेशिक रोजगारमा रहेका कञ्चनवासीहरुबाट आर्थिक,भौतिक रुपमा बिनाशर्त प्राप्त भएको सहयोग प्रति धन्यबाद ब्यक्त गर्दै खर्च सार्बजनिक गरेको हो ।
लकडाउनका कारण समस्यामा परेका बिपन्न घरपरिवारहरुलाई गाउपालिकाबाट बितरण गरिएको पहिलो चरणको राहत सामाग्री,स्वास्थ्य सामाग्री खरीद,क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा रहेकाहरुलाई आवास सहित खाना ब्यबस्थापन गर्दा भएको खर्च २३ लाख ४७ हजार ८ सय चौहत्तर रुपैया २८ पैसा सार्बजनिक गरेको हो ।
गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीद्धारा हस्ताक्षरित खर्च सार्बजनिक पत्र अनुसार राहात सामाग्री अन्र्तगत चामल १३ लाख १ हजार ६ सय पैसट्ठी रुपैया, नुन,दाल,साबुन खरीदमा २ लाख ३६ हजार २ सय २७ रुपैया, खाने तेल खरीदमा २ लाख ६१ हजार ४ सय ५९ रुपैया ४० पैसा, स्वास्थ्य सामाग्री खरीदमा ४१ हजार ५ सय ६६ रुपैया ८८ पैसा, तालिम खर्च १ हजार ७ सय रुपैया र क्वारेन्टाइन ब्यबस्थापनमा ५ लाख ५ हजार २ सय ५६ रुपैया गरी २३ लाख ४७ हजार ८ सय ७४ रुपैया २८ पैसा खर्च सार्बजनिक गरेको छ।
प्रतिक्रिया