ब्रेकिंग न्युज

मन्त्रिपरिषदको बैठक आज बस्दै



काठमाण्डौ ४ जेष्ठ । लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ ।सिंहदरबारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गर्नेछ ।

         जनस्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल समेतका आधारमा सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ । समितिको सिफारिसमाथि मन्त्रीपरिषदमा थप छलफल गरी निर्णय गरिने सरकारले जनाएको छ ।समितिमा कोरोनाको प्रभाव कम देखिएका क्षेत्रमा लकडाउन खुकुलो र प्रभाव धेरै देखिएको ठाउँमा अझ कडा बनाउने विकल्पमा छलफल भएपनि कोरोनाबाट ज्यानै गएको तथा सङ्क्रमित पनि बढिरहेकाले लकडाउन लम्बिने सम्भावना छ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६