बिजनेस

कोरोनासंग नडराउने नर्स ,प्रदेश ५ सरकारलाई हस्तान्तरण



बुटवल ४ जेठ प्रदेश ५ सरकारलाई स्वास्थ्य कर्मीकालागि पिपिई र मास्क नै नभएपनि हुने स्थिती आउन थालेकोछ। बुटवलका जुम्ल्याहा दाजुभाइ लव —कुश पन्थीले ‘नर्स रोबोट’ निर्माण गरेर प्रदेश ५ सरकारलाई हस्तान्तरण गरेपछि यस्तो भएको हो । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्रमानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरूले ‘गो कोरोना’ नामको नर्स रोबोट बनाएका हुन् ।एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ ।

        चार फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।व(कुश तिलोत्तमा कलेजमा कक्षा ११ मा कम्प्युटर विज्ञान विषय पढ्दैछन् । उनीहरूले ‘नर्स रोबोट’ शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरेका छन् ।रोबोट सञ्चालनको अवलोकनपछि मन्त्री बरालले कलिलो उमेरमै जुम्ल्याहा दाजु भाइले गरेको वैज्ञानिक खोज र आविष्कारको सह्राना गर्दै मन्त्रालयले रोबोट बनाउन लागेको खर्च व्यहोर्ने बताए ।

        उनले रोबोटलाई थप परिमार्जन गरी केही ठूलो आकारको र बोल्न सक्ने बनाउन सुझाव दिंदै त्यसका लागि लाग्ने खर्च पनि मन्त्रालयले दिने प्रतिवद्धता जनाए ।‘कोरोना जस्तै संक्रामक रोगहरूको उपचारमा यस्ता मानवयन्त्रको प्रयोगलाई बढाउनुपर्छ भन्नेमा प्रदेश सरकार स्पष्ट छ’ मन्त्री बरालले भने । यसअघि लव–कुशले कक्षा ८ मा पढ्दै गर्दा पहिलोपटक अंग्रेजी भाषामा बोल्ने गो–गो–१ रोबोट बनाएका थिए ।किलोमिटर दुरीसम्म जान र फर्किन सक्छ ।रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ ।

         यो रोबोट चलाउन इन्टरनेट पनि चाहिँदैन । ‘रोबोटले अस्पतालको बेडमा रहेका बिरामीलाई औषधि, सेनिटाइजर, पानी, खाना आदि पुर्‍याइदिन सक्छ’, निर्माणकर्तामध्येका एक लव पन्थीले भने, ‘भाइरस संक्रमणको जोखिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएका छौं ।’एक हप्तामा सफ्टवेयर बनाएपछि दुई हप्ता समय लगाएर रोबोटको हार्डवेयर (शरीर( तयार गरेको कुश पन्थीले बताए । रोबोट बनाउन ७० हजार रुपैयाँ खर्च भएको उनीहरुले बताए ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६