ब्रेकिंग न्युज

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९५ पुगे



काठमाडौं, ४ जेठ ।  प्रदेश १ मा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको संख्या ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।

            मन्त्रालयका अनुसार विराटनगरकी २९ वर्षीय महिला र  विराटनगरकै ३६ वर्षका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।  संक्रमित  एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ ।  उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  कोरोना संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना उपचार पछि निको भएर घर फर्केका छन् ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६