जीवनशैली

क्वारेण्टाइनवाट भागेकालाई फिर्ता ल्याइयो , किट किनेर परीक्षणको तयारी



कपिलवस्तु ५ जेठ  कपिलवस्तुको यशोधरा गाउपालिकाको क्वारेण्टइनवाट  भागेकालई पालिकाले फिर्ता ल्याएकोछ । पालिकका स्वास्थ्य शाखा प्रमुख ज्योती दुबेले भागेका सबैलाई जनप्रतिनिधीले घरघरमा पुगेर भेटर पुन क्वारेण्टाइनमा ल्याएको वताउनु भयो। उहाले संचार माध्यममा ४५ जना भागेको भनेर समाचार आएपनि भागेको संख्या ३० जना मात्र भएको स्पष्ट पार्नु भयो । उहाले ती सबैलाई ल्याएर पु क्वारेण्टाइनमा राखिएको प्रष्टयाउनु भयो ।

        भागेका मध्ये सत प्रतिशतलाई फिर्ता ल्याएको उहाको दाविछ । सरकारले पिसिआर परीक्षण कीट  अलोपालो मात्र पठाउने गरेको तर क्वारेण्टाइनमा वसेकाहरु छिटो परीक्षण होस भन्ने पक्षमा रहेकाले  काठमाण्डौ स्थित जय श्री ट्रेडर्स काठमण्डौवाट १२सय कीट किनेर मगाएको जानकारी दिनु भयो । बुधवार देखि परीक्षण गरेर नतिजा हेरेपछि पेजेटिभ देखिएका वाहेक सबैलाई घरपठाउने गाउपालिकाले निर्णय गरेको उहाले वताउनु भयो । हाल यशोधरामा ११५४ जना क्वारेण्टाइनमा रहेका छन् । 

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६