स्वास्थ्य

क्रिमसन अस्पताल सिल, गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै



बुटवल, ५ जेठ । गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको उपचार हुँदै गरेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पताल सिल गरिएको छ । कोरोना पुष्टि भएपछि थप उपचारका लागि उनलाई भैरहवास्थित भीम अस्पताल लगिएको छ ।

        कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।  उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको जनाएको थियो । संक्रमित मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।

            जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।  संक्रमित २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो के.सी.ले भन्नुभयो उहाँलाई कसरी कोरोना लाग्यो, हामी सबै आश्चर्यमा परेका छौं ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६