कपिलवस्तु
वांकेको नरैनापुरमा १२ कोभिड १९ का विमारी थप भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत पुष्टी गर्दै देश भर ३७५ कोभिड १९ संक्रमण भएको जनाएको छ । सोमवार साझ १०ः४५ को विज्ञप्ती अनुसार धनुषाका २ जना, खोटांगका १ जना, वाँके नरैनापुरका १२ जना दैलेख का १ जना सुनसरी का १ जना र झापाका १ जना रहेका छन ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
नरैनापुरमा शनिबार लिइएको २ सय ६३ स्वाबको सबै नतिजा
आउँदा नरैनापुरमा संक्रमितको संख्या ५९ पुगेको हो । जसमध्ये एकको मृत्यु
भैसकेको छ । सोमबार दिउँसो ४७ जना पोजेटिभ भेटिएका सार्वजनिक गरिएको थियो । नरैनापुरमा सोमबार थप ९३ स्वाब संकलन गरेको छ ।
बाँके प्रशासनले नरैनापुर
गाउँपालिकालाई शिल गरेको छ । कोरोना संक्रमण पुष्टि भएपछि बसेको जिल्ला
सुरक्षा समितिको बैठकले अनिश्चितकालका लागि पुरै पालिका नै शिल गर्ने
निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी
दिएका छन् ।
Photo Credit : Nepalgunjnews
प्रतिक्रिया