ब्रेकिंग न्युज

नरैनापुर फेरी १२ थपीए । देश भरमा ३७५ जनालाई कोभिड १९ ।



कपिलवस्तु
वांकेको नरैनापुरमा १२ कोभिड १९ का विमारी थप भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत पुष्टी गर्दै देश भर ३७५ कोभिड १९ संक्रमण भएको जनाएको छ । सोमवार साझ १०ः४५ को विज्ञप्ती अनुसार धनुषाका २ जना, खोटांगका १ जना, वाँके नरैनापुरका १२ जना दैलेख का १ जना सुनसरी का १ जना र झापाका १ जना रहेका छन ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

नरैनापुरमा शनिबार लिइएको २ सय ६३ स्वाबको सबै नतिजा
आउँदा नरैनापुरमा संक्रमितको संख्या ५९ पुगेको हो । जसमध्ये एकको मृत्यु
भैसकेको छ । सोमबार दिउँसो ४७ जना पोजेटिभ भेटिएका सार्वजनिक गरिएको थियो । नरैनापुरमा सोमबार थप ९३ स्वाब संकलन गरेको छ ।

बाँके प्रशासनले  नरैनापुर
गाउँपालिकालाई  शिल गरेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि बसेको जिल्ला
सुरक्षा समितिको बैठकले अनिश्चितकालका लागि पुरै पालिका नै शिल गर्ने
निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी
दिएका छन् ।

Photo Credit : Nepalgunjnews


प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६