लुम्बिनी

३ अर्ब पूँजी र डेढ लाख विद्यार्थीको भविश्य अन्यौल, के होला ? शिक्षक कर्मचारीको तलब



कपिलवस्तु, ६ जेठ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण संस्थागत विद्यालयको मात्र ३ अर्व पूजी र जिल्लाका सामुदायिक तथा संस्थागतका गरी करिव डेढ लाख विद्यार्थीको भविश्य अन्यौल बन्दै गएको प्याब्सन कपिलवस्तुका अध्यक्ष शिव गैरेले बताउनु भएको छ । अध्यक्ष गैरेका अनुसार कपिलवस्तु जिल्लामा रहेका करिव १ सय ५६ संस्थागत विद्यालयको मात्र करिब ३ अर्व पूजी रहेको दावी रहेको छ । कपिलवस्तु जिल्लामा रहेका ७ सय ३४ शैक्षिक संस्थामा करिव १ लाख ४७ हजार ८ सय ३५ छात्र छात्रा अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय ईकाई, कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुवँरले बताउनु भयो । ती मध्ये करिव ३५ हजार छात्र छात्रा संस्थागत विद्यालयमा अध्ययनरत रहेको प्याब्सन कपिलवस्तुले जनाएको छ ।  

         कोभिड १९ का कारण निकै ठूलो क्षती ब्यहोर्न बाध्य संस्थागत विद्यालयका कारण त्यसका छाता संगठनहरु यति खेर विद्यालय र त्यसमा अध्ययनरत विद्यार्थीको भविश्य के हुने भन्ने विषयमा  आफुहरुलाई गंभिर बनाएको प्याब्सन नेपालका सचिवालय सदस्य सर्वेन्द्रदेव खनालले बताउनु भयो ।   सचिवालय सदस्य खनालले यो संकटलाई अवसरमा रुपान्तरण गर्दै जानुपर्ने तर्क गर्दै आर्थिक वर्ष संगै शैक्षिक वर्ष पनि श्रावण बाट शुरु गर्नु पर्ने उपयुक्त समय आएको धारणा राख्नु भयो । प्याब्सन कपिलवस्तुका पूर्व अध्यक्ष समेत रहनु भएका खनालले राज्यले इन्टरनेटलाई सर्वसुलभ बनाउदै सबैको पहुँच पुग्ने गरी विस्तार गर्नुपर्ने आवश्यकता रहेको तर्क गर्दै पाठय पुस्तकको उपलब्धतामा राज्यले ध्यान लैजान ढिला भइसकेको जिकिर गर्नु भयो । 

            सचिवालय सदस्य खनालले समय सापेक्ष आफुहरुले  अनलाईन टेलिभिजन कक्षा मार्फत विद्यार्थीको पठन पाठनमा ध्यान पु¥याएको स्पष्ट पादै विद्यार्थीको भविश्य, शैक्षिक संस्थामा संलग्न जनशक्तिको ब्यवस्थापनका विषयमा आफुहरु गंभिर रहेको बताउदै  समस्याका बीच राज्यसंगको समन्वयमा उपयुक्त निकास आउनेमा आफुहरु विश्वस्त रहेको धारणा राख्नु भयो ।  

            प्याब्सन कपिलवस्तुका उपाध्यक्ष सुन्दर पाण्डेले करिव एक अर्व बैंकबाट आफुहरुले ऋण   लिएर विद्यालय संचालन गरेको बताउदै बैक ऋणमा सोही धितोबाट २० देखी २५ प्रतिशत सम्म ऋण थप गर्नुपर्ने विषयमा राज्यले भूमिका खेल्नुपर्ने माग राख्नु भयो । उपाध्यक्ष पाण्डेले नियमित कक्षा संचालन विना शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउने विषय जटिल रहेको तर्क गर्दै अन्यथा शैक्षिक संस्था नै राज्यलाई जिम्मा लगाउनुको विकल्प आफुहरुसंग नभएको धारणा राख्नु भयो ।   

            एन प्याब्सन कपिलवस्तुका सचिव खेमराज भुसालले केही शैक्षिक संस्थाले शुरु गरेको अनलाईन टेलिभिजन कक्षा संचालन ग्रामिण क्षेत्रका विद्यार्थीको पहुँच नपुग्ने बताउदै आफुहरुले पठन पाठनलाई कसरी अगाडी लैजाने भन्ने विषयमा ठोस योजना नबनाई सकेको बताउनु भयो । सचिव भुसालले राज्यले आफुहरुलाई राहतको प्याकेज ल्याउनुपर्ने माग गर्दै अभिभावकलाई भने पठन पाठन विना आर्थिक भार आफुहरुले नथुपार्ने स्पष्ट पार्नु भयो । 

             कपिलवस्तु जिल्ला कोभिड १९ का हिसावले निकै क्षती ब्यहोरेको जिल्लाको सूचिमा राख्दै जिल्लालाई रेड जोनमा राखेको छ । जिल्लामा रहेका अधिकांश क्षेत्रमा कोरोना भाइरसको प्रत्यक्ष प्रभाव रहेको छ । यसको प्रत्यक्ष मार खेपेको क्षेत्र मध्ये शैक्षिक क्षेत्र पनि एक हो ।

                कपिलवस्तु जिल्लामा माध्यमिक तहसम्म सामुदायिक विद्यालय तर्फ ४ सय ३२ र संस्थागत तर्फ १ सय ५६ शैक्षिक संस्था रहेका छन् । त्यस्तै जिल्लामा मदरसाको संख्य  १ सय ३२ रहेको छ ।  जिल्लामा स्नाकोत्तर अध्ययन हुने २ क्याम्पस सहित ८ सामुदायिक र ३ संस्थात गरी ११ क्याम्पस रहेको शिक्षा विकास तथा समन्वय ईकाई, कपिलवस्तुले जनाएको छ ।  

            जिल्लामा माध्यमिक तहसम्म १ लाख ४२ हजार ८ सय ३५ छात्र छात्रा अध्ययनरत छन् । जसमा छात्र ७३ हजार ९ सय ८४ र छात्रा तर्फ ६८ हजार ८ सय ५१  रहेको शिक्षा विकास तथा समन्वय ईकाई, कपिलवस्तुले जनाएको छ । त्यस्तै जिल्लाका ११ वटा क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने करिव ५ हजार छात्र छात्रा रहेका छन् । 

            जिल्लामा शैक्षिक संस्थासंग प्रत्यक्ष संलगन जनशक्ति हेर्दा सामुदायिक तर्फ स्थायी, राहत गरी १ हजार ९ सय ८८, र नीजि श्रोतबाट करिव ६ सय र बाल विकास केन्द्रमा ५ सय २८ गरी कूल ३ हजार १ सय १६ कार्यरत रहेकोे शिक्षा विकास तथा समन्वय ईकाई, कपिलवस्तुले जनाएको छ  ।  त्यस्तै संस्थागत तर्फ १ हजार ३ सय ३३ शिक्षक र १ सय ३३ प्रशासनिक कर्मचारी गरी १ हजार ४ सय ६६  संलग्न रहेको प्याब्सन कपिलवस्तुले जनाएको छ । 

            कपिलवस्तु जिल्लाको जनगणना २०६८ अनुसार कूल ९१ हजार ३ सय २१ घरधुरी बसोबास रहेको र ति घरधुरीमा २ लाख ८५ हजार ५ सय ९९ पुरुष र २ लाख ८६ हजार ३ सय ३७ महिला गरी कूल ५ लाख ७१ हजार ९ सय ३६ जनसंख्या रहेको छ ।  

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६