ब्रेकिंग न्युज

मृगको अवैध शिकार, विद्यालय तोडफोडमा संलग्न पक्राउ



बलेवा, ६ जेष्ठ ।चोरी शिकारमा संलग्न भएको र विद्यालय तोडफोड गरेका छुट्टाछुट्टटै घटनामा संलग्न चार जना पक्राउ परेका छन्।प्रहरीले जिल्लाको ताराखोला गाउँपालिका–३ बाट विद्यालय तोडफोड गर्ने पूर्वशिक्षकसहित दुई र गलकोट नगरपालिका–४ बाट मृग मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । स्थानीय जङ्गलमा संरक्षित मृग मारेर खाँदै गरेको अवस्थामा गलकोट नगरपालिका–४ का ५९ वर्षीय बेलराम सुवेदी र सोही ठाउँका ३० वर्षीय ओमबहादर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

               उनीहरुको साथबाट मृगको पकाएको मासु, काँचो मासु र हड्डीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले बताउनुभयो । सुराकीको आधारमा हटिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सुवेदी र खड्कालाई नियन्त्रणमा लिएको थियो ।घटनाको विषयमा अनुसन्धान भइरहेको र कानूनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने केसीले बताउनुभयो।लकडाउनको समयमा संरक्षित जङ्गली जनावरको सिकार गर्नेहरु सक्रिय भएको प्रहरीले जनाएको छ । 

         उता विद्यालय तोडफोड गरेको आरोपमा जिल्लाको ताराखोला गाउँपालिका–३ मा रहेको काँक्राखोर आधारभूत विद्यालयका पूर्वशिक्षकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात हिनामिना गरेको आरोपमा सोही ठाउँका पूर्वशिक्षक रेशम खत्री र तिलक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लकडाउनका कारण बन्द रहेको विद्यालयमा गाउँपालिकाबाट अनुगमनमा पुगेको टोलीले ढोका तोडफोड गरेको देखेपछि घटना बाहिर आएको थियो । विद्यालयको जाहेरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले महत्वपूर्ण कागजातसहित उनीहरुलाई नियन्त्रणमा लिएको ताराखोला प्रहरी चौकीका प्रमुख युवराज सलामीले जानकारी दिनुभयो ।

           पूर्वशिक्षक कार्कीको घरमा खानतलासी गर्दा प्रहरीले विद्यालयका महत्वपूर्ण कागजात फेला पारेको थियो । स्थानीयले यही जेठ ३ गते उनीहरु गाउँ घुमिरहेको देखेको भनेपछि प्रहरीले उनको घर पुगेर खानतलासी गरेको उहाँले बताउनुभयो । कार्यालय भवनमा रहेका टेबलमाथि चाउचाउ पोखिएको, दराजको साँचो फोरिएको, कार्यालय सञ्चालन गर्न आवश्यक कागजपत्र सबै निकालेको पाइएपछि घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिचौर पठाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको सलामीले जानकारी दिनुभयो । 

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६