ब्रेकिंग न्युज

संक्रमित नर्सको २ रिपोर्ट नेगेटिभ ,एक हप्तामै जितिन कोरोना,खुल्ने भो अस्पत्ताल



कपिलवस्तु ६ जेठ ।कोरोना संक्रमित पुष्टी भएकी कपिलवस्तु अस्पतालमा कार्यरत २५ बर्षिया स्टाप नर्सको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । आठ दिन अघि  उनी संक्रमित भएको पुष्टी भएको थियो । गत बैशाख २७ गते उनी सहित कपिलवस्तु नगरपालिकाका १ सय ३ जनाको स्बाव संकलन गरिए पछि नर्सं सहीत  ८ जना कोरोना पोजेटिभ देखिएका थिए । अस्पतालको आईसोलेनमा उपचारत नर्सको दाश्रोे पटक गत जेठ  १ र तश्रो पटक गत जेठ ४ गते पुनः स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको थियो । 

        अहिले दुबै रिपार्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले बताउनु भयो । ‘नर्सको अवस्था सामान्य छ र अहिले पनि उनीमा कोरोनाको कुनै लक्षण देखिएको छैन ’ उनले भने । कोरोना संबन्धी बिश्व स्वास्थ्य संगठनले जारी गरको निर्देशिका र मापदण्ड अनुसार अहिले नर्स पुर्णरुपमा निको  भएको डाक्टर क्षेत्रीले बताए । आईसोलेनमा राखेको १४ दिन पुगे पछि नर्सलाई घर फर्काईने उनले बताए । अस्पतालको प्रसुति शाखा र बार्डमा कार्यरत नर्सलाई कसरी कोरोना सरेको भन्ने अझै पत्रा नलागेका उनले बताए ।

        लकडाउनका बेला तौलिहवा रहेको घरबाट आउजाउ गर्थिन । आईसोलेनमा रहेकी नर्सलाई अब छिट्टैै काममा फर्काउने उनले बताए । नर्ससंग नजिक रहेर काम गरको तथा नर्सका परिवार गरी १ सय ११ जना कै रिपार्ट नेगेटिभ आए पछि बुधवार देखि कपिलवस्तु अस्पताल नयाँ ढंगले संचालन गरिने भएको छ । नर्स संक्रमित भएपछि गत शुक्रवारबाट सेवा बन्दछ । अस्पतालको मंगलवार  पुर्ण निर्मलीकरण गरिएकाले र बुधवार देखि सेवा प्रारम्भ गरिने डाक्टर क्षेत्रीले बताए । संक्रमणलाई मध्यनजर गर्दै फोन मार्फत प्रि बुकिङ गरी ओपीडी लगायका सेवाहरु दैनिक ४० जनालाई दिने गरी निर्णय भएको उनले बताए ।

    एक बिरामीको एक कुरुवा मात्र राख्न दिने तथा आकस्मिक र प्रसुती सेवा चौबिसै घन्टा खुला रहेको छ । प्री बुकिङकालागि बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म ९८२१५६८३१४, ९८५७०५१०५४ मा संपर्क गर्न आग्रह गरिएको छ । 

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६