विचार/ब्लग

बतासे अनलाइन ,निर्लज्ज बाबुराम र अस्थिर गगन



केपी ओली गणितमा कमजोर, तर कागको कुरो बुझ्ने ,कोरोनामा विषयान्तर : मान्छेमा भन्दा नक्सामा जोड यस्ता शिर्षक अनलाइन खबरले निरन्तर समाचार बनाउदै  गएको देखिन्छ ।  अस्ती साँझ ओली मन्त्रि परिषदले कालापानी लिपुलेक लगायत भुभाग समेटेर नेपालको नयाँ नक्सा स्विक्रिती गर्नु भन्दा अगाडि नेपालका तमाम मेडिया,बाबुराम भट्टराई,गगन थापा,विश्वप्रकाश शर्मा, पुर्व महाराजका सन्डमुसन्डहरु लगायतले उठाएका बिषय हेरियो भने कालापानी लिपुलेक क्षेत्रमा भारतले बनाएको सडक र नेपालको भुमी मिचिएको सवालमा सरकार र प्रधानमान्त्रीलाई खुइल्याउन यती धेरै निर्लज्जता प्रस्तुत गरियो मानौ यो समस्या केपी ओली सरकारको पालामा सिर्जना भएको हो ।

        उसले बेवास्ता गरेर भारतले भुमी मिचेको हो भन्ने सन्देश प्रवाह भयो ।  बाबुराम भट्टराईले भन्थे भारतले ८० किमी सडक बनाउन्जेल सरकार के हेरेर बसेको थियो?  मुलुकको सार्बभौमिकता सर्बोपरी हुन्छ, अरु बहाना बनाएर यसलाई नजरअन्दाज गर्न मिल्दैन।उनी सामाजिक सन्जालको बतासे हावासँग बेस्सरी कुदेका थिए। तर निर्लज्ज वावुराम आफै प्रधान मन्त्री हुदा भारतको दलाली गर्नु वाहेक केहि देखेनन । उनी होस हवासमा प्रधानमन्त्री चलाएका हुन् भने भारतले ८० किमी उनका पालामा पनि वनाउदै थियो होला । के हेरेर बसे उनी ? जव अस्ती बेलुका सरकारले नयाँ नक्सा जारी गर्‍यो, र भारतको कडा रुपमा प्रतिबाद गर्दै भुमी फिर्ता ल्याएरै छोड्ने वाचा गर्‍यो , यसले सामाजिक सन्जालमा सरकारको प्रशंसाको हुरी बतास नै चलायो। तव बाबुराम भट्टराई लेख्छन — कोरोनाले अलपत्र परेका जनताको समस्यालाई बिषयन्तर गर्न सरकारले सिमा बिबादको बिषय अगाडि ल्यायो।

    अहिलेको मुख्य बिषय कोरोनाले अलपत्र परेका नेपालीको उद्दार गर्नु हो।  त्यस्तै गगन थापा लेख्छन — सिमामा रहेका हज्जारौ नागरिकलाई देशमा ल्याउन नसक्ने सरकारले सिमा बिबाद हल गर्न सक्छ?  जव सरकारले सिमा बिबाद समाधानमा कडा निती अवलम्बन गरेको थाहा पाए  गगन थापाहरुको प्राथमिकता अचानक बदलियो र कोरोनाको सवाल संसउदमा  गुन्जिन थाल्यो। विश्वप्रकाशको थुतुनो पनि तत्काल बदलियो। सरकारले नक्सा जारी गर्नु अघी र पछीका यिनका भनाइहरु तात्तातो रुपमा तुलना गर्दा थाहा हुन्छ। यिनीहरु लाचार ब्यक्ति हुन् ।

    रह्यो मेडियाका कुरा — मैले भनिरहनु पर्दैन सिमा बिबादका बिषयमा तिनले कस्ता ट्रोल चलाए भनेर। तर सरकारको निर्णयले जव प्रशंसा  पायो, यिनका हेडलाइन फेरिन थाल्यो र सरकारले कोरोनाका सवाल बिषयान्तर गर्‍यो, मान्छेको ज्यान भन्दा नक्सामा जोड दिन थाल्यो सरकारले  महामारिको बेलामा जनताको ज्यान मुख्य कुरा हो भन्दा राष्ट्रिय अस्मिता मै प्रहार भएको बेला कोरोनाको बहानामा चुप लाग्न मिल्छ?  भनेर प्रश्न गर्ने यिनै थिए।तर यस्ता बतासे अनलाइन जति पुराना होउन यिनको विश्वासनीयता गुम्दै गएको पुष्टि हुन्छ । 

सारांशमा मैले भन्न चाहेको के हो भने मुलुकमा देखिएका मुल समस्याहरु हल गर्नु पर्छ भन्दा बेठिक भन्यो भन्नु पर्ने कारण छैन। तर प्रश्न के हो भने एउटाको समाधान गरौ भन्दा अर्को समस्या मुख्य देख्ने, अर्को समाधान गरौ भन्दा एउटा समस्या मुख्य बनाउने र निरन्तर सरकार बिरोधी ट्रोल खडा गर्ने केही राजनितिज्ञ, मेडिया र कथित बुद्दिजिवीहरुको नियतमा चाँही हामीले ध्यान दिनै पर्छ। यिनको नियत समस्या समाधानमा भन्दा पनि  एउटा समस्यालाई पहाड बनाएर मुलुकमा अस्थिरता निम्त्याउन सकिन्छ कि भन्ने हो। यसका बिरुद्ध आम जनता सचेत हुन जरुरी छ।यस्ता बतासे अनलाइन र लाचार नेताहरुलाई बहिस्कार गर्न सामाजिक अभियान चालाउने बेला आएकोछ । अभियानमा सरिक होऔं । गुरु भटराईको फेसबुकवाट 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६