ब्रेकिंग न्युज

सुनकोशीमा बेपत्तामध्ये एकको शव फेला



बनेपा, ८ जेठ । सुनकोशी नदीमा खसेर बेपत्ता भएका दुईजना मध्ये एकको शव फेला परेको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ सापिङस्थित भित्री सडकखण्डको सिलामे भीरमा बुधबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा  सवार दुईजना सो नदीमा खसेर बेपत्ता भएका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा भएको खोजीकार्यका क्रममा आज बिहान सो नदीमा भोला महतको शव फेला परेको हो । उहाँ भुम्लु गाउँपालिका वडा नं ४ का बासिन्दा  भएको प्रहरीले जनाएको छ । 

        सिन्धुपाल्चोकबाट ¥याफ्टिङ ल्याएर खोज्ने क्रममा उहाँको शव फेला परेको र सोही गाउँपालिका वडा नं १ बस्ने २६ वर्षीय अशोक गिरीको भने अझै खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा१६च ८८३८ नंको सो गाडी अचानक पछाडिको दुईवटै टायर सडकबाट तल खसी कोल्टो पर्दा उहाँहरु हामफालेर ज्यान बचाउन खोज्दा सुनकोशी नदीमा खसी बेपत्ता भएकोे जनाइएको छ । सोही गाडीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीया सानुमाया गिरीको बायाँ हात भाँच्चिएको र उहाँ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६